चामुण्डाले कर्मचारीहरुको म्याद नथप्ने निर्णय प्रति नेपाल कम्युनिस्ट पार्टी (एस) को गम्भिर ध्यानाकर्षण

चामुण्डा विन्द्रासैनि नगरपालिकाले करार सेवाका कर्मचारीहरुको म्याद नथप्ने निर्णय प्रति नेपाल कम्युनिस्ट पार्टी (एस) को गम्भिर ध्यानाकर्षण भएको छ ।
नेपाल कम्युनिस्ट पार्टी (एस) ले प्रेस विज्ञप्ति जारि गर्दै चामुण्डा विन्द्रासैनी नगरपालिका दैलेखद्वारा २०८१ असोज १ गते करार सेवाका कर्मचारीहरुको म्याद नथप्ने निर्णय प्रति गम्भिर ध्यानाकर्षण भएको जनाएको हो ।
बिना आधार र मापदण्ड पुरा नगरी पूर्वाग्रहि र भेदभावपूर्ण रुपमा गरिएको अपारदसिं निर्णयले थप आशंका उत्पन्न गराएको हुँदा नेकपा ( एकिकृत समाजवादी)ले यस्ता गैह्रजिम्मेवारपूर्ण निर्णयको सशक्त बिरोध गर्ने गरेको जनाएको छ ।
समान प्रकृया बाट नियुक्ति पाएका कर्मचारीहरु मध्ये ७१ जनालाई निष्कासन गर्नुपर्ने कारण नखुलाई प्रभाब र पहुँच भएका आसेपासेलाई मात्र थमौति गर्ने, पहुँच विहिन र पक्षधरता अलग भएकालाई छानि छानि निष्कासन गर्ने कार्य गैह्रजिम्मेवार एवं अपरिपक्क निर्णय हो भन्ने आफ्नो ठहर रहेको पार्टीले प्रेस विज्ञप्तिमा उल्लेख गरेको छ । यस निर्णयले इमान्दार कर्मचारीको मनोभावनालाई निरुत्साहित गर्दै बिचौलीया प्रवृक्तिका कार्मचारीलाई प्रोत्साहन गरेको पार्टीको बुझाई छ ।
यस्तै प्रेस विज्ञप्तिमा लेखिएको छ, ‘नगरपालिकामा अनावश्यक कर्मचारी भर्ति गरि आर्थिक बोझ थप्नुपर्छ भन्ने कुरामा हाम्रो पार्टि सहमत छैन । तर नगर सरकारको आन्तरिक आयमा वृद्धि गर्ने विषयमा वेवास्था गर्दै ५÷६ वर्षदेखि स्थानीय स्रोत साधनले धानेको नगरपालीकाले एकैपटक जनताको गुणस्तरिय सेवा प्रवाहको ख्यालै नगरि वडा कार्यालय, स्वास्थ्य चौकि, कृषी, नगरप्रहरि, सहयोगी जस्ता तल्लो तहमा बसेर जनताको सेवा गर्ने इमान्दार कर्मचारीहरुलाई निकाल्नु निन्दनीय छ । नगर सरकारमा सहभागी राजनीतिक दलहरु जनताको सेवामा भन्दा व्यक्तिगत स्वार्थमा लिप्त रहनुले जनतामा नगरसरकार प्रति अविस्वासको बातावरण श्रृजना भएको छ । अहिले स्वास्थ्य संस्था र वडा कार्यलहरुमा ढोका लाग्ने अवस्था सूजना भई जनताले वडाबाट सिफारिस र स्वास्थ्य संस्थामा सिटामोल प्राप्त गर्न कठिनाइ हुने देखिन्छ ।
त्यसैगरि अनावश्यक रुपमा नगरपालिकाको गाडी, मोटरसाईकल, कम्प्युटर लगायतका सामाग्रीहरु दुरुपयोग भइरहेको यथार्थतालाई सम्बोधन गर्ने कुराको बेवास्ता गर्दै नगरपालिकाको राजनितिक एवं प्रशासनिक नेतृत्वले सुधारका लागि न्युनतम पनि इच्छाशक्ति नदेखाई जनताले बुझाएको करलाई अधिक मानविय संसाधन, अनावश्यक इन्धन, सवारि साधन खरिद र अनुत्पादक क्षेत्रमा गरिएका स्रोतहरुको चरम दुरुपयोगलाई रोक्न यसै विज्ञप्ति मार्फ ध्यानकर्षण गराउँदै करार कर्मचारिहरुको बहिंगमनका विषयलाई लिएर उत्पन्न समस्याको समयमै सम्बोधन गर्न सर्वदलीय र सर्वपक्षीय छलफल गर्न नगर कार्यपालीकालाई हाम्रो पार्टी जोडदार माग गर्दछ ।’ विज्ञप्तिमा उल्लेख गरिएको छ ।
यस्तै उत्पन्न समस्याको समयमै समाधान नगरीएमा सिर्जित परिस्थितिको जिम्मेवार स्वयं नगरपालिका र नगर सरकारमा सहभागी तीन राजनीतिक दल हुनुपर्ने नेकपा (एकिकृत समाजवादी) चामुण्डा विन्द्रासैनी नगर कमिटी अध्यक्ष जनकबहादुर शाहीले जानकारी दिए ।







