बालुवामा सुन खोज्दैः जुम्लाका महिला

नदिमा बालुवा निकाल्दै गरेको तस्बिर

जुम्लाको चन्दननाथ नगरपालिका–४ सिंगाचौर गाउँकी ४२ बर्षिया चुच्चे सार्की हरेक बिहान साढे ५ बजे जवा नदि किनारमा पुग्छिन् । उनी दिनभर जवा नदिमै भेटिन्छिन् । नदिको बालुवा निकाल्ने र बेच्ने उनको दैनिकी हो । त्यही जवा नदिको बालुवा बेचेर उनको परिवारको गुजारा चल्छन ।

उनले भनिन्,‘एकाबिहानै आउँछु । नदिको बालुवामै खेल्छु । बालुवामै रमाउँछु । परिवारको खर्च जोहो गर्ने बालुवा एक स्रोत बनेको छ । जवा नदिको बालुवा जीवन चलाउने गुजारा बनेको छ । ’उनका छिमेकी भगवती सार्की पनि उनी संगै जान्छिन् । दिनभरी बालुका निकालेर ब्यापारीलाई बेच्ने गर्छिन । उनले गत वर्ष ४० हजारौं नगद बालुवा बेचेर आम्दानी गरेको बताइन् ।

‘पाँच सय ब्लक (इट्टा) बनाए,झ मेरो घर लगाउनमा सहयोग भयो ।’ उनले भनिन् । जुम्लाको जवा नदिमा बालुवा निकाल्नेको भिड नै लागेको देखिन्छ । जवा संगै हिमा र तिला नदिनमा पनि बालुवा निकाल्ने कार्य चलिरहेको उनीहरु बताउँछिन।नदि किनारमै खाना खान्छौँ । बालुवा निकाल्छौँ । उनले भनिन्,‘नदि किनारमै ठेकेदार बालुवा लिन आउँछन । नदि किनारमै रुपैयाँ दिन्छन् । फर्कन्छन् ।’ उनीहरुको खाना पनि नदि किनारामै हुन्छ । बिहान आउँदा राम्रो बालुवा निकाल्न मिल्ने उनीहरुको अनुभव छ । बालुवा ननिकालेको दिनमा घरको चुलो बल्दैन । भगवतीले भनिन्,‘एक दिनमा १६ बोरा सम्म बालुवा निकालिन्छ । एक टिप्पर बालुवा निकालेको खण्डमा चार हजार देखि ५ हजार रुपैयाँ सम्म दिने गरेका छन । कटीमा बेच्दा प्रति कटीको एक सय रुपैयाँ बेच्छौँ । बालुवा बेचेको रकमले घर खर्च चलाउन,लुगाफाटो,बालबालिका पढ्ने लगायतको खर्च धान्न सहज भइरहेको छ ।’

बालुवा बेचेर दैनिक उपभोग्य सामाग्री चामल, तेल तथा लुगाफाटो छोराछोरी किताब, कापी र कलम किन्ने गरेको उनीहरु सुनाउँछिन । बचेको रुपैयाँले दसैं, तिहार जस्ता चाडपर्वमा सुन लगाउने गर्छौं । साउन र भदौ महिनामा पानीको बहाफ बढेको छ । जोखिमका बीचमा बालुवा निकालिरहेका छौँ । चुच्चे सार्कीले भनिन्,‘जवा नदिमा खाली खुट्टा, नांगो हातमा बेल्चा लिएर बालुवा निकाल्न बाध्य छौँ । नदिमा फ्याकिएका सिसा, काँडा र ढुंगाले काट्ने डर हुन्छ । तर बालुवा संकलन नगरि सुख छैन । नदि किनारामा दर्जनौं महिला बालुवा निकालेर जीविका चलाउँछिन । विकास निर्माण योजनामा बालुवाको माग बढ्दै गएकाले स्थानीय महिलाहरुले गाउँ नजिकै रोजगारी पाएका हुन् । बालुवा ननिकाल्ने हो भने उनिहरुको चुलोमा आगो बल्दैन । ठेकेदारले बालुवा खरिद गरी ट्याक्टर र टिपर मार्फत सदरमुकाम र आसपासका जिल्लामा पुर्याउने गरेको स्थानीय बताउँछन।निर्माण कार्यमा बालुवा अनिवार्य हुने भएकोले माग अनुसार संकलन हुन सक्दैन ।

बालुवाको माग अनुसार निकाल्न सकिदैन । जवा नदि,तिला र हिमा नदिनमा बालुवा संकलन कार्य तीब्र चलिरहेको छ । गरिबीका कारण बालुवा निकाल्ने महिला र बालबालिकाको संख्या बढ्दै गएको छ । एउटा समूहमा १० देखि २० जनाले बालुवा निकाल्दै आइरहेका छौं, भगवतीले भनिन्, ‘साउन र भदौ महिनाको भेलमा पनि ज्यानको बाजी थापेर बालुवा निकाल्नुपर्ने बाध्यता छ । बालुवा बेचेर ५ देखि ८ जनाको परिवार पालिरहेका छौँ।नदीको किनारामा जुम्लाका महिलाको दैनिकी नै बालुवामा सुन खोज्दै बित्ने गरेको छ । उमेरले ४५ वर्षकि बास्मती सार्की बताउँछिन् कमाउन बाहिर जान नसक्ने भएपछि बालुवा चालेर दैनिक चलाउनुपरेको छ ।

उनले बिगत वर्षदेखि नदीको किनारलाई आधार बनाएर सुन खोज्ने र बिक्री गरेर जीविका चलाएकी छन्।उनले सुनाइन्ञनदीको बालुवाबाट सुन निकाल्न त्यति सजिलो छैन,तर पनि उनिहरु जस्तै अन्य महिलालाई पनि जवा,हिमा र तिला नदीलाई जीवन चलाउने आधार बनाउँछन्।सुन चाल्ने काम गरेर घर खर्च टार्छन् । बर्षे भेलले बगाएर ल्याएको बालुवामा सुन खोज्ने हरेक वर्ष रित हो।बालुवा संकलनका क्रममा विगत बर्षहरुमा दर्जनौँ मानिसले ज्यान गुमाउनु परिरहेको छ ।

बालुवामा सुन खोज्दैः जुम्लाका महिला

बाढीले पुल भत्काउँदा पठनपाठन बन्द

बालुवामा सुन खोज्दैः जुम्लाका महिला

रकम अभावले शहीदको सम्झनामा निर्माणाधीन पुस्तकालय अलपत्र

This will close in 0 seconds