भक्तका नौ सन्तान मध्ये,आठ प्रहरी


नेपालीहरुको वडा दसैं होस् तथा तिहार होस् वा अन्य चाडबाड र पारिवारिक भेटघाट, जुम्लाको कनकासुन्दरी गाउँपालिका – १ का भक्तबहादुर कठायतको घर प्रहरी चौकीजस्तो देखिन्छ । स्थानीयले पनि उनको प्रहरीको परिवार भनेरै चिन्छन्।
कारण यो हो, भक्तबहादुर कठायतका ९ सन्तानमध्ये कान्छी छोरीबाहेक ४ छोरा र ४ छोरी नेपाल प्रहरीमा जागिरे छन्। कठायतले भने,तीमध्ये तीन जना हवलदार हुन्। भने अरू प्रहरी जवानमा छन् । एक छोरा शेरसिंह सशस्त्र प्रहरीमा छन्।भने अन्य नेपाल प्रहरीको नोकरी छन्।आश्चर्यजनक कुरा केछ भने सबै छोराछोरी प्रहरीमा जागिरे भए पनि भक्तबहादुर भन्छन्।
एक समय माओवादी ‘जनयुद्ध’मा लागेका थिए । पार्टीले मलाई नाम दिएको थियो– भियतनामी। माओवादीको जिल्ला कमिटी सदस्य हुँदै जनसरकारमा समेत काम गरे।पछिल्ला दिनमा पार्टी सञ्चार विभागको जिम्मेवारी समालेको उनी बताउँछन्।६ वर्ष भूमिगत जीवन बिताएका उनले आधा दर्जन पटक प्रहरीसँग मुठभेडको सामना गरे । त्यतिबेला उनी पार्टीको नीतिअनुसार प्रहरीलाई दुस्मन ठान्थे।
तर समयक्रममा यस्तो भयो कि उनका सबैजसो छोराछोरी नै प्रहरी भए।शान्ति प्रक्रियामा आइसकेपछि एक वर्षसम्म पातारासी क्षेत्रमा पार्टी इन्चार्ज भएर काम गरे पनि अहिले उनी सक्रिय राजनीतिमा छैनन् ।उनले भन्ने,२०६१ मा जेठी छोरी प्रेमकलीले प्रहरीमा नाम निकालेपछि अरू छोराछोरीले पनि त्यहीँ बाटो समाते । कान्छी छोरी रेश्मालाई पनि प्रहरीमै जागिर खुवाउने भक्तबहादुरको रहर थियो। तर सानैमा बिहे गरेर पोइली घरमा गएपछि उनलाई प्रहरीमा भर्ती हुन मेसो मिलेन्।आफू बेरोजगार भएकाले भक्त कठायतले सबै छोराछोरीले सरकारी जागिर खाऊन् भन्ने सोचेका थिए । प्रेमकलीपछि असल, हंसराज, कल्पना, वसन्ती, प्रतापसिंह, पविता प्रहरीमा जागिर सुरु गरे ।
र शेरसिंहले सशस्त्रमा जागिर सुरु गरे। धेरै सन्तान जन्मिएकाले भक्तबहादुरले सबैलाई राम्ररी पढाउन सकेनन् । रोजगारीको खोजीमा भारतका हैदराबाद, गोवा, बैंग्लोर जस्ता विभिन्न सहरमा मौसमी काममा जोतिएर उनले जेनतेन परिवारको गुजारा टारे ।२०६४ मा साउने संक्रान्तिमा आफन्तबीच भएको झगडाले राजनीतिक रूप नै लियो । अवस्था यस्तो भयो कि उनी गाउँमा बस्न सक्ने अवस्था रहेन ।
गाउँको जग्गा सबै बेचेर जुम्लाको सदरमुकाम खलंगामा बसाइँ सरे।अहिले उनको बसोवास जुम्लाको चन्दननाथ नगरपालिका –३ मा छ।जीवनमा सुख पाउन धेरै दुःख गरेको कहानी बताउने भक्तबहादुर हिजोआज भने प्रसन्न देखिन्छन् । जागिरे छोराछोरीले उनको अनुहारमा खुसी थपिदिएका छन् । भन्छन्– ‘बालबच्चा सबै जागिरे भइसके, अब मलाई दुःख छैन ।’






