सम्बोधन परियोजनामार्फत विपन्नलाई सहयोग

दैलेख, १३ माघ ।
दुल्लू नगरपालिका वडा नं ५ मा सम्बोधन परियोजना मार्फत ७० जना विपन्न एवं आर्थिक रुपमा कमजोर भएका नगद सहयोग गरिएको छ । शनिबार बिपन्न महिलाहरूलाई जनही १३ हजार ५०० का दरले रकम वितरण गरिएको हो । वडा कार्यालयमा आयोजित कार्यक्रममा नगर प्रमुख भरत प्रसाद रिजालले १३ हजार ५ सय रकमको चेक हस्तान्तरण बिपन्न परिवारका महिलालाई हस्तान्तरण गरेका थिए ।

मध्यपश्चिम विश्व विद्यालयको सहकार्यमा संयुक्त राष्ट्र संघिय विकास कार्यक्रम को सहकार्यमा घरघुरी सर्भेक्षण गरेर सहभागी छनौंट गरिएको थियो । नगरपालिकाको १३ वटा वडाका ८ सय ५० जना दिदीबहिनीलाई चेक मार्फत आर्थिक सहयोग गरिने नगर प्रमुख भरत प्रसाद रिजालले जानकारी दिए । हस्तान्तरण कार्यक्रममा नगर उपप्रमुख बिना कार्की वडा अध्यक्ष पूर्ण प्रसाद उपाध्याय लगायतको सहभागीता रहेको थियो ।

सम्बोधन परियोजनामार्फत विपन्नलाई सहयोग

कर्मचारीलाई १० प्रकारका बिदा दिँदै कर्णाली सरकार

सम्बोधन परियोजनामार्फत विपन्नलाई सहयोग

YUGAAWHAN NATIONAL DAILY (2080-10-13)