सिंजाको नराकोटमा मालपोत र नापी कार्यालय स्थापना


जुम्लाको सिँजा गाउँपालिका–३ नराकोटमा नापी र मालपोत कार्यालय स्थापना हने बाटो खुलेको छ । सिंजा क्षेत्रलाई आर्थिक र प्रशासनिक सेवाप्रवाहमा ठुलो मद्दत पुग्नेछ । मंगलबार बसेको मन्त्री परिषदको निर्णयपश्चात् सिंजाको नराकोटमा मालपोत र नापी कार्यालय स्थापना गर्ने औपचारिक बाटो खुलेको कर्णाली प्रदेशका सांसद टेकराज पछाईले बताए।उनका अनुसार सिंजा क्षेत्रका तीन वटा हिमा, सिंजा र कनकासुन्दरी गाउँपालिकाका स्थानीय लाभान्वित हुनेछन् ।

सरकारको यो निर्णयले सिंजाली जनताको मुहारमा चमत्कार ल्याएको छ । यो कसैको एकल प्रायःस नभइ साझा एजेन्डा निकासले प्राप्त भएको उपहार भएको दाबी गरे । यस कार्यमा स्थानीय जनता,बुद्धिजीवी,हामी जनप्रतिनिधि,राजनीति दल र जिल्ला स्थिति पत्रकारहरुको ठुलो योग्दान रहेको टिप्पणी गरे ।

हामीले मात्रै गर्याैँ भन्ने,कुरा गलत हो,जनता स्पष्ट छन्।सस्तो लोकप्रियता कमाउन लागि एकलौटी प्रचारप्रसार गरिनु राम्रो कुरा होइन् । सामाजिक दिगो विकास गर्न जनताले हामीलाई चुनेर पठाइसकेपछि हामी जनताका चौकिदार भएर काम गर्नुपर्छ । यता सिंजा गाउँपालिकाका अध्यक्ष पूर्ण धितालले सिंजाली जनताको विकासप्रतिको अपेक्षामा थप उचाइ थप्ने निर्णय भएको बताउँछन् ।

उनी भन्छन् स्थानीय सरकारको निरन्तर प्रयास र लामो पर्खाइपछि मात्रै यो निर्णय सम्भव भएको हो । विगतमा तत्कालीन ३० वटा गाविसका लागि सदरमुकाम खलंगामा नापी र मालपोत कार्यालय राखिएको थियो । ती कार्यालय स्थानीयलाई पायक पर्ने स्थानमा नभएकाले सिँजा क्षेत्रमा कार्यालय बनाउन माग गरिएको थियो ।

चुनावताका गरेका प्रतिबद्धतालाई पूरा गर्नको लागि स्थानीय जनप्रतिनिधि र सरोकारवालाहरूले धेरै मेहनत गर्नु परेको थियो । अघिल्लो सरकार सकारात्मक रहे पनि मुख्य सचिवले कानुनी अड्चनका देखाएका कारण यो कामले पूर्णता पाउन सकेको थिएन । तर, अहिलेको सरकारले सिंजाली जनताको आवाज सुनेको र उनीहरूको आवश्यकता बुझेको बताए । यो निर्णयले सिंजाका जनतालाई प्रशासनिक सेवा प्राप्त गर्न जुम्ला सदरमुकामसम्म धाउनुपर्ने बाध्यता हटाउनेछ ।

यसअघि, मालपोत तथा नापीसम्बन्धी कामका लागि जुम्ला कार्यालयमा ठूलो भिड लाग्ने गथ्र्यो । अब भने सिंजामा कार्यालय स्थापना भएपछि सेवा सजिलो र छिटो हुनेछ । आउदो दिनमा प्रभावकारी बनाउन आवश्यक पूर्वाधार विकास र जनशक्ति व्यवस्थापनमा सरकारको ध्यान दिनुपर्ने सबैको साझ सहयोग र समर्थन आवश्यकता छ ।

सिंजाली जनताको जीवनस्तर सुधार गर्ने र विकासको गतिलाई तीव्र बनाउने अवसर आएको छ । यो निर्णयले आर्थिक र सामाजिक सुधारका नयाँ सम्भावनाहरू समेत खोल्ने विश्वास गरिएको छ । यसरी, मालपोत र नापी कार्यालय स्थापना हुँदै गर्दा सिंजाका नागरिकहरूको मनमा विकासप्रतिको नयाँ इट्टा थपिएको छ ।

सिंजाको नराकोटमा मालपोत र नापी कार्यालय स्थापना

नारामै सिमित ‘डिजिटल कर्णाली’ प्रभावकारिता भने सून्य

सिंजाको नराकोटमा मालपोत र नापी कार्यालय स्थापना

साग बेचेर बालबालिकाको स्कुल फि