फुटबल प्रतियोगिताको टाईसिट सार्वजनिक


जुम्लामा हुने कर्णाली प्रदेशस्तरीय फुटबल प्रतियोगिताको टाईसिट निकालीएको छ । प्रतियोगिता मंगलवार ( फागुन १५ देखि १९)गते सम्म हुनेछ ।
आयोजक जिल्ला फुटबल संघ जुम्लाले सोमबार दिउँसो जुम्लामा पत्रकार सम्मेलनमार्फत प्रतियोगिताको फुटबल प्रतियोगिताको टाईसिट सार्वजनिक गरेको हो ।

प्रतियोगिताको उद्वघाटन मंगलबार विहान ११ वजे हुने जिल्ला फुटबल संघ जुम्लाका महासचिव दीपेन्द्र हमालले बताए । उद्वघाटन कर्णाली प्रदेशका पुर्व सामाजिक विकास मन्त्री टेकराज पछाईबाट हुनेछ । कर्णाली प्रदेशका दस वटा जिल्ला मध्ये ६ वटा जिल्लाका खेलाडी मात्रै सहभागी भएको हमालले बताए ।

सुर्खेत,जाजरकोट,मुगुु,हुम्ला,कालिकोट र जुम्ला जिल्लाका खेलाडीको मात्रै सहभागीता रहने आयोजक जिल्ला फुटबल संघ जुम्लाले जनाएको छ । यो पटक प्रदेशस्तरीय फुटबल प्रतियोगिता गर्ने अवसर प्राप्त गरेको जिल्ला फुटबल संघ जुम्लाका महासचिव दीपेन्द्र हमालले जानकारी दिए । उनका अनुसार कर्णाली प्रदेशका दसवटै जिल्लाबाट एक एक वटा फुटबल टिम आउनेछ ।

प्रदेशस्तरीय फुटबल प्रतियोगितामा छनौट भएका खेलाडीहरु सिंधै आसन मंसिर २ देखि ९ गतेसम्म कर्णाली प्रदेशको राजधानी सुर्खेतमा हुने दसौं राष्ट्रिय स्तरको प्रतियोगितामा सहभागि हुन पाउनेछन ।पहिलो पटक जुम्लाले राष्ट्रिय स्तरको फुटबल प्रतियोगितामा प्रतिस्पर्धा गर्ने जनशक्ति तयार पार्ने अवसर पाएको छ ।

कर्णाली खेलकुद विकास परिषदको आर्थिक सहयोग,कर्णाली प्रदेश फुटबल संघ र जिल्ला खेलकुद विकास समितिको समन्वय र जिल्ला फुटबल संघ जुम्लाको आयोजनामा प्रतियोगिता हुन लागेको हो । पहिलो खेल मुगु र सुर्खेत खेल्नेछन् । भने दोस्रो खेल हुम्ला र जाजरकोट भिड्नेछन् । मुगु र सुर्खेत बाट बिजयी टिमले जुम्ला सँग खेल्नेछ ।

यस्तै हुम्ला र जाजरकोटबाट बिजयी टिमले कालीकोट सँग खेल्ने आयोजकले जनाएको छ ।

फुटबल प्रतियोगिताको टाईसिट सार्वजनिक

भौगोलिक दुरीका आधारमा एसइइ परीक्षा केन्द्र ःजुम्लामा

फुटबल प्रतियोगिताको टाईसिट सार्वजनिक

कर्णाली एक्सपो सञ्चालन गर्न बाटो खुल्यो