भौगोलिक दुरीका आधारमा एसइइ परीक्षा केन्द्र ःजुम्लामा दुई हजार बढी परीक्षार्थी सहभागी हुदै


जुम्लामा भौगोलिक दुरीका आधारमा एसइइ परीक्षा केन्द्र तोकिएको छ । आगामी चैत १५ गतेदेखि सुरु हुने एसइइ परीक्षाका लागि जिल्लामा १६ वटा परीक्षा केन्द्र तोकिएको शिक्षा विकास तथा समन्वय इकाइ जुम्लाका निमित्त प्रमुख लालसरी बुढाक्षेत्रीले बताइन् ।
गत वर्ष १७ वटा परीक्षा केन्द्र तोकिएको थियो । यो वर्ष भानु मावि पातरखोलालाई हटाइएको छ । ऋणमोक्ष मावि डिल्लीचौर, त्रिभुवन मावि झारज्वला, रत्नचुण्डेश्वर मावि बोहोरागाउँ, चन्दनाथ मावि खलंगा, कर्णाली मावि अनामनगर, जनता मावि महतगाउँ, दुर्गा मावि लाम्रा, हिम शिखर मावि तातोपानी, सरस्वती मावि कुडारी,सीता मावि रारालिही,कालिका मावि तलिकुडु, राहदेव मावि मोफ्ला, भैरव मावि नराकोट, मालिका मावि धापा,सरस्वती मावि तल्फी र कनकासुन्दरी मावि लुड्कुमा परिक्षा केन्द्र तोकिएको उनी बताउँछिन् ।
उनका अनुसार यस वर्ष जुम्लामा दुई हजार ५ सय ५७ जना परीक्षार्थी सहभागी हुनेछन् । नियमिततर्फ दुई हजार ५ सय २७ र एक्जामटेड (ग्रेडवृद्धि) तर्फ ३० जना विद्यार्थी सहभागी हुने निमित्त प्रमुख लालसराले बताइन्। यस्तै प्राविधिक धार तर्फ छात्र तर्फ ६५, छात्रा तर्फ ६९ जना कुल १ सय ३४ परिक्षार्थी छन् । भने,साधारणतर्फ छात्र एक हजार २ सय ६२ र छात्रा तर्फ एक हजार १ सय ३१ जना गरि कुल दुई हजार ३ सय ९३ जना परिक्षार्थी सहभागी हुदै छन् ।
ऋणमोक्ष माध्यमिक विद्यालय डिल्लीचौर परीक्षा केन्द्रबाट १ सय २६ परीक्षार्थी सहभागी हुनेछन् । त्रिभुवन मावि झारज्वाला केन्द्रबाट ९४ जना,,रत्नचुण्डेश्वर मावि बोहोरागाउँमा १ सय ९४, चन्दनाथ मावि खलंगामा १ सय १८, कर्णाली मावि अनामनगरमा २ सय ११ जना सहभागी हुने शिक्षा विकास तथा समन्वय ईकाइ जुम्लाले जनाएको छ ।
यस्तै जनता मावि महतगाउँबाट ९३, दुर्गा मावि लाम्रामा १ सय २१, हिम शिखर मावि तातोपानीबाट १ सय ९५, सरस्वती मावि कुडारीबाट १ सय ७२ , सीता मावि रारालिहीबाट २ सय १२, कालिका मावि तलिकुडुबाट १ सय ४६, राहदेव मावि मोफ्लामा १ सय ४०, भैरव मावि नराकोटमा १ सय ५५, मालिका मावि धापामा २ सय र कनकासुन्दरी मावि लुड्कुमा १ सय ९४ जना विद्यार्थी सहभागी हुनेछन् ।
परीक्षालाई शान्त, मर्यादित र अनुशासितरुपमा सम्पन्न गर्न सबैको समन्वय र सहकार्य आवश्यक रहेको प्रमुखबुढाक्षत्री बताउँछिन् । गतवर्षको एसइइमा जुम्लाका दुई हजार ७ सय १५ जना परिक्षार्थी सहभागी भएका थिए ।






