सम्पादकीय : कोही जनप्रतिनिधिको चुपचाप काम

नेपालका केही ठाउँका जनप्रतिनिधि (प्रमुख) आफ्नो कामको सामाजिक सञ्जालमार्फत चर्चा गर्न रुचाउछन । आफुलाई त्यही कामका कारण सबैले वाहवाही गरिदिउन भन्नेमा खुब रहर गर्छन । कोही भने आफ्नो काम गर्छन न त मिडियावाजी गर्छन, न त हौसिन्छन, न त निरास हुन्छन । त्यस्ता केही मध्येका एक हुन धनगढी उपमहानगरपालिका हाकिरहेका स्वतन्त्र उम्मेद्धारी दिएर प्रमुख बनेका गोपी हमाल । उनका राम्रा कामका लिस्टमा धेरै पर्छन जस्मा नेपालका स्थानीय सरकार प्रमुख मध्येका केही व्यक्तिको नाम लिँदा नछुट्ने नाम हो धनगढी उपमहानगरका नगर प्रमुख गोपी हमाल । उनका उदाहरणीय काम मध्येको एक हो फोहोर व्यवस्थापन । बढ्दो सहरिकणसंगै विश्व नै आक्रान्त र आतङ्कीत बनाएको बढ्दो प्रदुषण र फोहोरमैला व्यवस्थापनमा उनको पालिकामा एकसे एक राम्रा काम भएका छन् । भलै सहयोग लिएर गरेको किन नगरुन काम त गरेका छन् नि ।

स्थानीयलाई रोजगारी दिनुका साथै स्थानीयस्तरमा निस्कने फोहोरबाट ग्याँस बनाएर समेत बजारमा बिक्रि गरेकोछ धनगढीले । अरु ठाँउमा ल्याण्डफिलसाईडमा लगेर थुपारिने फोहोरलाई मोहरमा परिवर्तन गरेको छ धनगढीले । अझै पनि उत्पादित ग्याँसको लागी बजार व्यवस्थापन गरेर थप फुलफेजमा उत्पादन गर्न सकिने ग्याँस उत्पादन गर्ने जिम्मा पाएको देव ट्रेनिङ सेन्टरले जनाएको छ । त्यहाँको फोहोर व्यवस्थापनलाई नमुनाको रुपमा हेर्न धेरै ठाउँबाट आउने गर्छन । यो कुरा आफैमा पनि गौरवयोग्य छ । अन्य स्थानीय तह जहाँ पार्टीको ट्याग लागेर चुनाव जितेका छन् तिनिहरुलाई चाहीं यस्ता काम गर्न केल्ले छेक्यो होला ? गोपि पनि कुनैपनि पार्टीका तर्फबाट चुनाव जितेको भए यत्तिको आफ्नो विवेकको काम गर्न पाउथे होला नि पाउँथेनन होला ? पार्टीबाट चुनाव जितेकाहरुको क्षमता नै नभएका होलान की पार्टी नामक साँङ्लोले बाँधिएर गर्न सकेका छैनन होला ? किन पार्टीबाट जितेकाहरु सहि काम गर्न पनि परिबन्धमा पर्छन ।

उदाहरणको लागी स्वतन्त्रबाट जितेका काठमाण्डौमा बालेन्द्र शाह, धनगढीका गोपी हमाल, धरानका हर्क साम्पाङले मात्रै काम गर्न सक्ने अरुले नसक्ने त होईन होला । हरेक व्यक्तिको आआफ्नो क्षमता हुन्छ त्यसको प्रयोग कति स्वतन्त्रतापूर्वक गर्न पाउँछन भन्नेमा उनीहरुको काम देखिएको त होला ? कुहिने र नकुहिने फोहोरलाई उत्पादनस्थल बाटै छुट्याउने, सिसा बोतल लगायतका पुनःप्रयोग हुनेलाई कवाडीमा बेच्ने लगायतका कामबाट फोहोर व्यवस्थापनमा सफलता हाँसिल गरेको छ । फोहोरको वर्गिकरण गर्न मात्रै दैनिक १० जना कर्मचारी खटिएका हुन्छन । उनीहरुले फोहोरका रुपमा आएका कागज, प्लाष्टिक, सिसा लगायतका सामाग्री छुट्याउने गर्छन । उनीहरुले रोजगारी पनि पाएका छन् । फोहोर व्यवस्थापन पनि भएको छ । उपमहानगरबाट दैनिक ५५ टन फोहोर निस्कन्छ । जसमध्ये ३० टन कुहिने र २५ टन नकुहीने फोहोर निस्कन्छ । अहिले त्यहाँ सञ्चालित पसलहरुले पनि फोहोर व्यवस्थापनमा सहयोग स्वरुप प्लाष्टिक झोलाको सट्टा कुहिने फाईवर झोलाको प्रयोग गरेका छन् । व्यववसाय अनुसारको शुल्क निर्धारण गरेर जनतााको पैसाबाटै फोहोर व्यवस्थापनमा सफलता हाँसिल गरेको छ ।

फोहोर व्यवस्थापनको नाममा आफ्ना पार्टीका कार्यकर्तालाई ठेक्का दिए । महिनामा धौ धौ २ पटक फोहोर उठाउन आउने ठेकेदारले सबै घरबाट शुल्क उठेन भनेर त्यो पनि आधा फोहोर डङ्गुरमै छोडेर जाने धेरै ठाउँको रोग हो । जुन रोग पार्टीका तर्फबाट जितेका जनप्रतिनिधिले आफ्ना कार्यकर्ता रिझाउन र नेता खुशी पार्न काम भन्दा पनि प्रचार बाजीमात्रै गरेका कारण व्यवस्थापनको उल्झन सधैं रहिरहेको हो । आफ्नो ठाउँमा आफ्नो जिम्मेवारी सबैले ईमान्दारीतापूर्वक निर्वाह गरेका व्यवस्थापन खासै ठूलो चुनौती होईन भन्ने कुरा धनगढीलाई हेर्दा पनि थाहा हुन्छ ।

सम्पादकीय : कोही जनप्रतिनिधिको चुपचाप काम

जोखिममा भूकम्प पीडित, पुनर्निर्माणको छैन पत्तो

सम्पादकीय : कोही जनप्रतिनिधिको चुपचाप काम

कर्णाली राजमार्गको दुर्दशा: मर्मत सधैँ हुन्छ तर