सम्पादकीय: कतिले पाए मुख्यमन्त्रीको घोषणाबाट रोजगारी

कर्णालीका मुख्यमन्त्री राजकुमार शर्माले बार्षिक १० हजार जना युवालाई रोजगारी दिने घोषणासहित नीति तथा कार्यक्रममा ल्याएका थिए । अहिले कतिले रोजगारी पाए कहिले आउँछ रेकर्ड भन्ने कुरामा आम युवा उत्साहित छन् । पहिलो निर्णय गरेर कर्णालीका बार्षिक १० हजार जना युवालाई रोजगारी दिने घोषणा तामझामका साथ गरेका थिए । अहिले यो कार्यक्रम कहाँ पुग्यो कुन्नी ?२०७९ सालको माघ महिनामा मुख्यमन्त्री शर्माले सो घोषणा गरेर सो कार्यको लागि कार्यदल समेत गठन गरेका थिए ।
कर्णालीमा रोजगारीसङ्ग सम्बन्धित सार्वजनिक, निजी तथा सामुदायिक कार्यक्रमको नक्साङ्कन गर्ने,कर्णाली प्रदेशमा रोजगारी सिर्जनाका लागि तुलनात्मक लाभका क्षेत्र पहिचान गर्ने, रोजगारीको लागि आधारभूत तथ्याङ्क सहितको वेसलाईन सूचना सङ्कलनको लागि प्रश्नावली तयार गर्ने उल्लेख थियो । सङ्कलन विधिको खाका तयार गर्न र कर्णालीका रोजगारी सिर्जनाका लागी कार्ययोजनासहित त्यस सम्बन्धिको मार्गचित्र तयार गर्ने जिम्मेवारी सहितको कार्यदल बनाएका थिए उनले ।
कतिले रोजगारी पाए अहिलेसम्म ? उपलब्धि कति भयो ? कि त आफ्नो प्रचारका लागि बेरोजगार युवाको नाम भजाएर आफूले चर्चा बटुलेर युवालाई डस्बिनमा बन्द गर्दिए ? कसले दिन्छ जवाफ सरकारले कि तिनका कार्यक्रमको जयजयकार गर्नेले ? अरु पार्टीका त छोडिदिउ उनकै पार्टी माओवादीका कार्यकर्ता कतिले पाए यो कार्यक्रम अन्तर्गत रोजगारी ? छुट्याएको बजेट कति खर्च भयो ? ति जनशक्ति कुन कुन क्षेत्रमा दक्षता हाँसिल गरेर रोजगारी या स्वरोजगार के बने ? उपति न पापतिको चाहिने नचाहिने जाल बिछ्याइएको छ । सस्तो लोकप्रियताका लागि प्रचार गरिएको हो । सोझासाझाको आँखामा छारो हालेको छ ।
तात्तो न छारो । हुनेबेला हातलाग्यो सुन्य । रेकर्ड निकालेर हेरेको छ । गत आवमा भन्दा यो आवमा कमाउने या उच्च शिक्षा हाँसिल गर्ने नाममा युरोप, अमेरिका, जापान, अष्टेलिया, क्यानडा लगायतका देशमा आफ्ना युवाहरु कसरी हाम फालिरहेका छन् । नेताहरुलाई त झन आनन्द कानमा तेल हालेझैं भएको छ । आफ्नो बिरोध गर्ने अलिक सचेत र शिक्षित युवा विदेशतिर हिडेका छन् उनीहरुले अर्काको देशमा १८ घण्टा मरिमेटी काम गरेका छन् । कम मुल्यमा आफ्नो श्रम बेचेका छन् । अनि यहाँ भएकाहरु यिनारुका गुनगान गाउने भक्तहरुमात्र छन् । बिरोधी नहुँदा खुब आनन्द भाको छ न कसैलाई जवाफ दिन पर्छ न त कसैले प्रश्न नै गर्छ । क्या आनन्द छ है ?
कसैले बिरोध गरिहाले भने त्यसको जरैदेखि सक्ने भन्नेतिरको बुद्धि उम्रिएकाहरुको बुद्धिमा बङ्गारा कहिले पलाउने ? उदाहरण त्यही हेरौं भूकम्पले भत्काएका घरहरु बनाउनलाई सरकारले पैसा दिएपनि जनशक्ति नभएर घरहरु पुनर्निमाण हुन सकेका छैनन । यिनिहरुलाई के चाहियो र बरु ति घरहरु त्यसै राखेर अर्को चुनावमा चुनावी फण्डा बनाएर भोट बैंकको रुपमा प्रयोग गर्न सकिन्छ भन्ने खालको मति भएका अपराधिका झुण्ड त भए ।
कर्णालीका युवा बार्षिक १० हजार भनेकोमा भलै ५० प्रतिशतमात्र काम भएको भएपनि अहिले तिनै ५ हजारको हेरेर, सिकेर, अनुसरण गरेर थप ५०० त उत्पादन नहुँदाहुन र ? जवसम्म सरकारले युवा भजाएर आफ्नो भोट ल्याउने भ¥याङ बनाउँछ तबसम्म जति नै लोकप्रिय कार्यक्रम नाम दिएर बजेट छुट्याए पनि केहि हुनेवाला छैन । आफ्ना आसेपासेलाई विभिन्न बाहानामा डिजेल, पेट्रोलका कुपनदेखि अनुदान बाँडेकै छन् । पार्टी बाहेकका आफ्नो पार्टी सरकारमा छैन भनेर मुर्मिरिएर बसेकाछन् । अनि कहाँबाट हुन्छन ल्याएका कार्यक्रमहरु सफल ? मन्त्री पार्टीका बजेट र फाईदा आफ्ना कार्यकर्तालाइ भन्ने दिमागी रोग जो छ त्यो रोगको औषधी नबनेसम्म कोहि चिच्याएर केहि हुनेवाला छैन ।






