चाडपर्वलक्षित सवारी दुर्घटना न्युनीकरण कार्यक्रम सुरू


कर्णाली प्रदेश प्रहरी कार्यालय सुर्खेतले चाडपर्व लक्षित सवारी दुर्घटना न्युनीकरणका लागि सवारी चालकको प्रतिबद्धता कार्यक्रम संचालन गरेको छ । नेपाल प्रहरी राजमार्ग सुरक्षा तथा ट्राफिक व्यवस्थापन कार्यालय सुर्खेतको आयोजना, जिल्ला प्रहरी कार्यालय सुर्खेत र जिल्ला ट्राफिक प्रहरी कार्यालय सुर्खेतको समन्वयमा सवारी चालकहरुसँग प्रतिबद्धता कार्यक्रम मंगलवारदेखि सुरुवात गरिएको हो ।

चाडपर्वको समयमा सवारी दुर्घटनालाई न्यूनिकरण गर्ने उद्देश्यले आजदेखि कर्णालीका १० वटै जिल्लामा सवारी चालकको प्रतिवद्धता समुद्घाटन कार्यक्रम सुरू गरिएको कर्णाली प्रदेश प्रहरी कार्यालय सुर्खेतका प्रहरी वरिष्ठ उपरीक्षक राजेन्द्र प्रसाद भट्टले जानकारी दिए ।

भट्टले कार्यक्रमको समुद्घाटन गर्दै सवारी चालकहरूको जिम्मेवारी र चाडपर्वको समयमा सुरक्षित सवारी चलाउने महत्वमा जोड दिए । उनले उपस्थित सबैलाई चाडपर्वको अवसरमा सुरक्षित यात्रा गर्नका लागि सचेत रहन अनुरोध गरे । कार्यक्रममा सहभागी सवारी चालकहरूले सुरक्षित र जिम्मेवार सवारी चलाउने प्रतिवद्धता जनाएका छन् ।

यसले चाडपर्वका समयमा हुने सवारी दुर्घटनालाई न्यूनिकरण गर्न महत्वपूर्ण भूमिका खेल्ने अपेक्षा गरिएको छ ।

चाडपर्वलक्षित सवारी दुर्घटना न्युनीकरण कार्यक्रम सुरू

विपन्न तथा ज्येष्ठ नागरिकलाई उपचारमा २० प्रतिशत

This will close in 0 seconds