एमाले जनसंगठनका अगुवालाई प्रशिक्षण

नेकपा एमाले जन संगठन संयन्त्र सुर्खेतले जनसंगठका पदाधिकारी र सदस्यहरूलाई प्रशिक्षण दिएको छ । नेकपा एमाले जनसंगठन संयन्त्रका केन्द्रिय प्रमुख भानुभक्त ढकालको उपस्थितिमा शनिबार वीरेन्द्रनगरमा प्रशिक्षण आयोजना गरिएको हो ।

जनसंयन्त्र प्रमुख ढकालले नेकपा एमालेको नेतृत्वमा मात्रै मूलुकको विकास र समृद्धि सम्भव हुने बताए । उनले विकास र समृद्धिका लागि गरेका संकल्प पूरा गर्न एमालेलाई आगामी निर्वाचनबाट बहुमतले निर्वाचित गराउन लाग्न आग्रह गरे ।

स्थायी कमिटी सदस्य एवं कर्णाली प्रदेशका मुख्यमन्त्री यामलाल कंडेलले आर्थिक सामाजिक रूपान्तरणका लागि आ–आफ्नो क्षेत्रमा भूमिका खेल्न सुझाव व्यक्त गरे । केन्द्रिय सदस्य एवं सुर्खेत जिल्ला इन्चार्ज नवराज रावतले जनताको बहुदलिय जनवाद र समाजबाद, केन्द्रिय सदस्य ठम्मर बिष्टले संगठनात्मक सिद्धान्त र कार्यदिशा, केन्द्रिय सदस्य मोहनमाया ढकालले महिला नेतृत्व र अनेम संघ, केन्द्रिय स्कूल विभाग सदस्य गेहेन्द्र दाहालले व्यक्तित्व र नेतृत्व साथै कर्णाली प्रदेश कमिटी सचिव ध्रुवकुमार शाहीले समसामयिक राजनीतिक विषयमा प्रशिक्षण दिएका थिए ।

जनसंगठन संयन्त्र सुर्खेतका प्रमुख शुशिला विश्वकर्माले आगामी दिनमा सबै जनसंगठनहरुले जिल्ला र पालिका स्तरमा प्रशिक्षणमूलक कार्यक्रम आयोजना गर्ने कार्ययोजना रहेको बताए ।

एमाले जनसंगठनका अगुवालाई प्रशिक्षण

गाउँमा सिंहदरवार पुग्यो, सेवा पुगेन

एमाले जनसंगठनका अगुवालाई प्रशिक्षण

YUGAAWHAN NATIONAL DAILY (2081-05-09)