गाउँमा सिंहदरवार पुग्यो, सेवा पुगेन

स्थानीय तह सन्चालनमा आएको तीन बर्ष वित्नै लाग्यो । सवै स्थानिय तहका आफ्नै भवन छैनन् । कतै केन्द्र विवाद कतै सदरमुकामबाटै कार्यालय सञ्चालन भई रहेका छन । तिनिहरुले स्थानीयका घर भाडामा लिएर कार्यालय संचालन गर्दै आइरहेका छन् ।

तीन नगरपालिका र चार गाउँपालिका रहेको जाजरकोटमा पनि अधिकांसको अवस्था उस्तै छ । उनीहरुले पनि भाडाकै घरबाट कार्यालय संचालन गरेर सेवा प्रवाह गरिरहेका छन् । गाउँगाउँमै सरकारी सेवा पाउने भनेर हौसीएका सर्वसाधारण पुरानै व्यवस्थाका कारण निरास भई रहेका बेला जिल्लाको कुशे गाउँपालिकाले गाउँपालिकाको प्रशासनिक केन्द्र थर्पु भार्मा स्थित आफ्नै नयाँ भवनबाट सेवा प्रवाह गरेको छ ।

कुशेबासीले गाउँबाटै सरकारी सेवा सुविधा पाएपछि विस्तारै परिवर्तनको अनुभुती गर्न थालेका छन् । तीन नगरपालिका र चार गाउँपालिका रहेको जाजरकोटमा अधिकांस स्थानीय तहले अहिलेसम्म पनि भाडाकै घरबाट कार्यालय संचालन गरेर सेवा प्रवाह गरिरहेका छन् ।

उता कुशे गाउँपालिकाले भने एक करोड ५० लाख लागतमा ३६ कोठा भएको ६ वटा भवन निर्माण गरेर हाल सोई भवनबाट स्थानीयलाई सेवा प्रवाह गर्दै आएको छ । गाउँमै गाउँपालिका सन्चालनमा आएपछि स्थानीय बासीन्दालाई डेढ दिन पैदल हिडेर सदरमुकाम पुग्नु पर्ने बाध्यता हटेको छ ।

कुशेबासीले गाउँबाटै सरकारी सेवा सुविधा पाएपछि विस्थारै परिवर्तनको अनुभुती गर्न थालेका छन् । स्थानीय बासिन्दालाई विभिन्न काम गर्नकै लागि सदरमुकाम खलंगा धाउनु पर्ने बाध्यता हटेको छ । सदरमुकामबाट पाउने सेवा, सुविधा गाउँमै पाइने भएपछि विगतको बाध्यता अन्त्य भएको स्थानीय ऐनबहादुर बिष्टको भनाइ रहेको छ ।

कुशेबासीलाई विगत जस्तै सामान्य काम गर्नकै लागि सदरमुकाम जानु पर्ने बाध्यता हटेको गाउँपालिकाका अध्यक्ष हरिचन्द्र बस्नेतले बताए । अहिले गाउपालिकाबाट प्रवाह गरिने सेवा मात्र नभएर विभिन्न सेवा प्रवाह भएपनि स्थानीयलाई धेरै सहज भएको अध्यक्ष बस्नेतको भनाई छ ।

त्यसैगरी कृषि विकास बैंक सञ्चालनमा आएको छ । बैंकमा अहिलेसम्म ५ सय जना सेवाग्राहीले बैक खाता खोली सकेका छन् । स्थानीयलाई बैंकले सुविधा पु¥याएको कृषि विकास बैंक कुशे शाखा प्रवन्धक राजेन्द्र प्रसाद आचार्यले बताए ।

स्थानीयले सहज रुपमै सरकारी सेवा गाउँमै पाउनँ थालेपछि गाउँगाउँमा सिंहदरबारको अधिकार आएको अनुभुती गर्न थालेका छन् । भौगोलिक विकटता र आर्थिक विपन्नता धेरै भएको कुशेका वस्तीहरु क्रमश सडक संजालमा जोडिँदै गएपछि स्थानीय सहज भएको छ ।

विकासमा विकटता मात्र होइन स्थानीय कृषि उत्पादनमा राम्रो सम्भावना वोकेको गाउँपालिका हो । पहिले र अहिले स्थानीयको दैनिकी बदलिँदै गइरहेको छ । कुशेको विकटता विस्तारै सुगम्ता तीर उन्मुख हुँदै गएको बताइएको छ ।

गाउँमा सिंहदरवार पुग्यो, सेवा पुगेन

लहँका विद्यार्थी खुला आकाशमुनी पढ्न बाध्य

गाउँमा सिंहदरवार पुग्यो, सेवा पुगेन

एमाले जनसंगठनका अगुवालाई प्रशिक्षण