करेन्ट लागेर विधुत प्राधिकरणका एक कर्मचारीको मृत्यु

करेन्ट लागेर विद्युत् प्राधिकरण सुर्खेतका एक कर्मचारीको मृत्यु भएको छ। मृत्यु हुनेमा वीरेन्द्रनगर नगरपालिका–३, तातापानीका अन्दाजी २८ बर्षीय विशाल केसी रहेका छन्।

बराहताल गाउँपालिका–८, कुनाथरी भन्ने ठाउँमा विद्युत् मर्मत गर्ने क्रममा उनलाई मंगलबार करेन्ट लागेको थियो । विद्युत् प्राधिकरण सुर्खेतका सूचना अधिकारी बेनी नेपालीका अनुसार करेन्ट लागेर घाइते उनलाई प्रदेश अस्पताल लगिएको थियो।

चिकित्सकहरुले बेलुका ८ बजेतिर उनको मृत्यु भएको घोषणा गरेका थिए । अहिले उनको मुचुल्का उठाइने काम भइरहेको र त्यसपछि पोस्टमार्टम गरिने नेपालीले बताए।

करेन्ट लागेर विधुत प्राधिकरणका एक कर्मचारीको मृत्यु

सिप सिकेर निगालोका सामाग्री बनाउदैँः तातोपानीका यूवा

करेन्ट लागेर विधुत प्राधिकरणका एक कर्मचारीको मृत्यु

YUGAAWHAN NATIONAL DAILY (2081-01-12)