चिङ्गाडमा अबैध अफिम खेती नष्ट

चिङ्गाड गाउँपालिका वडा नं. ६ स्थित सिमे टोड्का र बोबाँस टोलमा गरिएको अवैध अफिम खेती नष्ट गरिएको छ । अस्थायी प्रहरी पोष्ट पाम्का सुर्खेतबाट प्रहरी सहायक निरिक्षक जयलाल बुढाको कमाण्डमा खटिएको ४ जनाको प्रहरी टोलीले अवैध खेती नष्ट गरेको हो । कानूनी रुपमा प्रतिबन्ध, निषेधित अन्दाजी ३/४ कठ्ठा जमिनमा करिव १५ सयको संख्या बोट लगाइएकोमा अवैध अफिम खेती गरिएको थियो ।







