केही इन्टरनेट कम्पनीका नेटवर्कमा अझै पनि टिकटक चलिरहेको भन्दै प्राधिकरणले सोध्यो स्पष्टीकरण

केही इन्टरनेट सेवा प्रदायक कम्पनीहरूको नेटवर्कबाट भिडियो शेयरिङ एप टिकटक चलिरहेको भन्दै नेपाल दूरसञ्चार प्राधिकरणले स्पष्टीकरण सोधेको छ ।

टिकटकको माध्यमबाट सामाजिक सद्भाव एवम् सामाजिक वातावरणमा नकारात्मक असर परिरहेको भन्दै सरकारले प्रतिबन्ध लगाएकोमा केही सेवा प्रदायकहरूले खुला गरेपछि प्राधिकरणले स्पष्टीकरण सोधेको हो । प्राधिकरणले शनिवार सूचना निकालेर टिकटकमा कडाइ नगर्ने सेवा प्रदायकहरूलाई कारबाही गर्ने चेतावनी दिएको छ ।

साथै प्राधिकरणले टिकटकमा पहुँच पुगिरहेको वा टिकटक चलिरहेको भए इमेल गरी त्यस्तो इन्टरनेट सेवा प्रदायकको बारेमा जानकारी दिन पनि अनुरोध गरेको छ ।

केही इन्टरनेट कम्पनीका नेटवर्कमा अझै पनि टिकटक चलिरहेको भन्दै प्राधिकरणले सोध्यो स्पष्टीकरण

काम नगरेपछि अग्रिम भुक्तानी जफत

केही इन्टरनेट कम्पनीका नेटवर्कमा अझै पनि टिकटक चलिरहेको भन्दै प्राधिकरणले सोध्यो स्पष्टीकरण

जाजरकोटका भूकम्प पीडितलाई क्यानको २० लाख रुपैयाँ