बालिका बलत्कारका दोषीलाई जन्मकैदको फैसला

सात वर्षीया बालिका बलात्कार घटनाका कसूरदारलाई दैलेख जिल्ला अदालतले जन्मकैद गरेको छ । सुर्खेतको बीरेन्द्रनगर नगरपालिका–५ नयाँबस्तीका ४९ वर्षीय राजीव गुप्तालाई २५ वर्ष काराबास (जन्मकैद)संगै सात लाख रुपैंयाँ जरिवाना, एक लाख पचास हजार पीडितलाई क्षतिपूर्ति र दुई हजार आठ सय रुपैंयाँ पीडित राहत कोषमा जम्मा गर्नुपर्ने सजायको फैसला भएको हो ।

पीडित पक्षले दिएको उजुरीमा गत वैशाख २९ गते बलात्कार गरेको भनी खुलाइएको घटना प्रहरी अनुसन्धान, स्वास्थ्य परीक्षण प्रतिवेदन र अदालती तहकीकातबाट पुष्टि भएको भन्दै जिल्ला न्यायाधीश बलराम लम्सालको इजलासबाट सजाय भएको अदालतका श्रेस्तेदार उपसचिव बद्रीप्रसाद लामिछानेले जानकारी दिए ।

पीडित पक्षको उजुरीका आधारमा गुप्तालाई प्रहरीले गएको जेठ ३ गते सुर्खेतस्थित घरबाट गिरफ्तार गरेको थियो । पीडित बालिकाको स्वास्थ्य परीक्षण जेठ ३ गते दैलेख अस्पतालमा भएको थियो । प्रहरीको अनुसन्धान प्रतिवेदनका आधारमा जिल्ला सरकारी वकील कार्यालयले जेठ २६ गते दैलेख जिल्ला अदालतमा अभियोग दर्ता गराएको थियो । अभियोग सम्वन्धमा जेठ २७ गते भएको थुनछेक बहसपछि जिल्ला न्यायाधीश बलराम लम्सालको इजलासले पुर्पक्षका लागि कारागार चलान गरिएको थियो ।

दैलेख जिल्ला अदालतको इजलासमा पीडित परिवारको तर्फबाट जिल्ला सरकारी वकील कार्यालयका प्रमुख जिल्ला न्यायाधिवक्ता कर्णबहादुर महतले बहस गरेका थिए । सोसेक नेपालले पीडितको कानूनी प्रक्रियाका लागि उजुरी गर्ने तथा आवास र स्वास्थ्य उपचारमा दैलेख अस्पतालको ओसीएमसीले सहयोग गरेको थियो ।

बालिका बलत्कारका दोषीलाई जन्मकैदको फैसला

पातमा आकृति कोरेर चम्किदै विराज, दुई हजार