भ्रष्टाचार नियन्त्रण गर्न त्यागको भावना हुनुपर्छः मुख्यमन्त्री आचार्य


लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले भ्रष्टाचार नियन्त्रण गर्न वर्तमान सरकार त्यागको भावना बोकेर अघि बढेको बताएका छन् ।

सुशासन प्रवद्धन तथा भ्रष्टाचार न्यूनीकरण सम्बन्धी पाँच बर्षे रणनीतिक कार्ययोजनाको मस्यौदा सम्बन्धी छलफल तथा अन्तर्रक्रिया कार्यक्रमलाई बाँकेमा सम्वोधन गर्दै मुख्यमन्त्री आचार्यले त्यागको भावना बोकेर वर्तमान सरकार अघि बढेको बताएका हुन् ।

उनले भ्रष्टाचार नियन्त्रण सम्वन्धि पाँच बर्षे रणनीतिक योजनालाई कडाई पूर्वक कार्यान्वयन गरिने समेत बताए । ‘सुशासन कायम गर्न, भ्रष्टाचार नियन्त्रण गर्न आँट गर्न सक्नुपर्छ । त्यसको सुरुवात गरेका छौं’, उनले भने,‘एक पटक मुख्यमन्त्री भएपछि, एक पटक सभामुख भएपछि पूर्व बिशिष्टको नाममा सेवा सुविधा दिने निर्णय थियो । म आइसकेपछि त्यो निर्णय उल्टायौं । त्यागको भावना बोकेर यो सरकार अगाडी आएको छ । जनताबाट उठाएको करबाट सेवा सुविधा लिन्न भनेर निर्णय उल्टाए ।’

प्रदेश सरकार सुशासन कायम गर्न कठोर भएर अगाडी बढेको बताउँदै मुख्यमन्त्री र मन्त्रिहरुलाई आचारसंहिता लागु गरेर नयाँ सुरुवात गरेको समेत स्पष्ट पारे ।

‘मुख्यमन्त्री र मन्त्रिहरुलाई आचारसंहिता लागु गर्यौं । सुरुवात लुम्बिनीबाट भयो । यो कामले नयाँ सन्देश दिएको छ’ उनले भने,‘फजुल खर्चलाई नियन्त्रण गर्न यस प्रकारको आचारसंहिताले नियन्त्रण गर्दछ ।’ सुशासन कायम गर्न र भ्रष्टाचार नियन्त्रण गर्न मुख्यमन्त्री तहबाट थालनी गरिएको बताए ।‘मैले दसैं विदामा गाडी प्रयोग गर्न हुदैन भनेर चढिन् । मैलो त्यो गरिरहदा त्यहाँका जनप्रतिनिधिहरुलाई प्रेसर सृजना भयो । विवाह भोजमा सेतो नम्बर प्लेटका गाडी दौडाउन अलिकति नैतिक संकट बन्छ नी’उनले भने,‘एउटा व्यक्तिबाट सुरु गरेर सुशासन कायम गर्न सकिन्छ, सुधार्न सकिन्छ । म जनप्रतिनिधि साथिहरुलाई भन्न चाहन्छु व्यक्तिगत निमन्त्रणमा सरकारी गाडी न कुदाउनुस् ।’

पाँच बर्षे रणनीतिक योजनामा सुशासन कायम गर्न तथा भ्रष्टाचार नियन्त्रणका लागि मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा उच्चस्तरीय अनुगमन संयन्त्र निर्माण गर्ने बिषयाई उच्च प्राथमिकतामा राखिएको छ । यसका साथै भ्रष्टाचार नियन्त्रणका लागी नैतिकता तथा सदाचारिता प्रवद्धनलाई पनि जोड दिइएको छ ।

भ्रष्टाचार नियन्त्रण गर्न त्यागको भावना हुनुपर्छः मुख्यमन्त्री आचार्य

टिमुरको बिरुवा बेचेर लाखौं आम्दानी

भ्रष्टाचार नियन्त्रण गर्न त्यागको भावना हुनुपर्छः मुख्यमन्त्री आचार्य

यस्ता छन् ऊर्जा मन्त्रालयको कार्य प्रगति