सुख्खा पहिरोले अवरुद्ध राप्ती राजमार्ग दुई घन्टापछि सञ्चालनमा


सुख्खा पहिरो जाँदा अवरुद्ध भएको राप्ती राजमार्गमा दुई घन्टापछि यातायात सञ्चालनमा आएको छ । जिल्लाको कपुरकोट गाउँपालिका ५ अरिंगालेफेदी र खारखोलामा खसेको पहिरो जेसीबीले हटाएपछि राजमार्ग सञ्चालन भएको हो ।

सडक अवरुद्ध हुँदा बिचैमा अलपत्र परेका यात्रुवाहक सवारी साधन गन्तव्यतर्फ लागेका जिल्ला प्रहरी कार्यालय सल्यानका सूचना अधिकारी प्रहरी निरीक्षक रेशमबहादुर खत्रीले बताए । उनका अनुसार दिउँसो ३ बजेतिर खसेको सुख्खा पहिरोले राप्ती राजमार्ग अवरुद्ध भएको थियो ।

वर्षापछि ठाउँ ठाउँमा गएको पहिरोले जिल्लाका ग्रामीण क्षेत्रका अन्य सडकहरु पनि बिग्रेका र यातायात संचालनमा कठिनाई भएको उनले बताए ।

सुख्खा पहिरोले अवरुद्ध राप्ती राजमार्ग दुई घन्टापछि सञ्चालनमा

भूकम्पपीडित पहिलो किस्ताको पर्खाइमा

सुख्खा पहिरोले अवरुद्ध राप्ती राजमार्ग दुई घन्टापछि सञ्चालनमा

लिजाको नतिजामा त्रिवेणी उत्कृष्ट