जुम्लामा दुई वर्षमा क्षयरोगबाट ३ जनाको मृत्यु


जुम्लामा दुई वर्षको अवधिमा ३ जना क्षयरोगीको मृत्यु भएको छ । गत आर्थिक २०८९–८० मा ३ जना क्षयरोगीको मृत्यु भएको तथ्यांक सार्वजनिक भएको हो ।

यससँगै उपचारका लागि सम्पर्कमा नआएका क्षयरोगीको संख्या ठूलो हुनसक्ने जन स्वास्थ्य कार्यालय जुम्लाले जनाएको छ । क्षयरोग दिवसको पुर्वसन्धयामा पत्रकार तथा सरोकारवालासँग छलफलमा यस्तो तथ्यांक सार्वजनिक गरिएको हो।जन स्वास्थ्य कार्यालय, जुम्लाका प्रमुख कृष्णप्रसाद सापकोटाका अनुसार जुम्लाको चन्दननाथ नगरपालिका भित्रका २ जना र पातारासी गाउँपालिका भित्रका १ जनाको क्षयरोगका कारणले ज्यान गएको हो ।

गत आर्थिक वर्षको तथ्याङ्कलाई केलाउदा जुम्लामा १ सय ६ जना फेला परेका थिए । जसमध्ये ५३ जना महिला र ५३ जना पुरुषमा क्षयरोग देखिएको छ, भने यस्तै चालु आर्थिक वर्षको साउन देखि फागुन मसान्तसम्म ४५ जना क्षयरोगी देखिएका छन् ।

त्यसमध्ये २१ जना पुरुष र २४ जना महिलामा क्षयरोगी संक्रमित छन् । गत आर्थिक वर्ष २०८९–०८० मा कनकासुन्दरीमा ६, सिंजामा ९,गुठिचौरमा ८,हिमामा १२,तिला १३, तातोपानीका १४,पातारासी गाउँपालिकामा १८ र चन्दननाथ नगरपालिकामा २६ जना फेला परेका थिए्।यस्तै चालू आर्थिक वर्ष २०८०–०८१ मा कनकासुन्दरीमा ७ ,सिंजामा ३,गुठिचौरमा ४,हिमामा ९,तिला ६, तातोपानीका ६,पातारासी गाउँपालिकामा ७ र चन्दननाथ नगरपालिकामा १०जना फेला परेका छन् ।

ती,क्षयरोगी अहिलेसम्म उपचारको दायरामा नआएको स्वास्थ्यकर्मी बताउँछन् । उक्त कार्यक्रममा जिल्ला समन्वय समिति जुम्लाका प्रमुख गौरीन्नद आचार्यले सूर्तिजन्य पदार्थको सेवनलाई रोक्न सकेमा क्षयरोगबाट बच्चन सकिने बताए । नेपाल पत्रकार महासंघ जुम्लाका अध्यक्ष नेत्रबहादुर शाहीले ग्रामीण क्षेत्रमा क्षयरोगी धेरै रहेको बताए।स्वास्थ्यकर्मीले गाउँ –गाउँमा पुगेर तथ्यांक संकलन गर्नुपर्ने बताए ।

जुम्लामा दुई वर्षमा क्षयरोगबाट ३ जनाको मृत्यु

अर्गानिक कृषि प्रवद्र्धन र किसानको दक्षताको लागि

जुम्लामा दुई वर्षमा क्षयरोगबाट ३ जनाको मृत्यु

दुर्घटनामा दुई जनाको मृत्यु, ६ जना घाइते