जाजरकोटमा ट्राफिक कारबाहीबाट ७ महिनामा १६ लाख बढी राजस्व

जिल्ला ट्राफिक प्रहरी कार्यालय जाजरकोटले चालु आर्थिक वर्षको सात महिनाको अवधिमा १६ लाख बढी राजश्व सङ्कलन गरेको छ ।
ट्राफिक नियम उल्लङ्घन गरी चलाउने सवारी चालक तथा सवारी साधनमाथि कारबाही गरी चालु आवको साउनदेखि माघ मसान्तमा १६ लाख ६ हजार पाँच सय राजश्व सङ्कलन गरेको हो । सो अवधिमा विभिन्न किसिमका २ हजार तीन सय ३९ सवारीमाथि कारबाही गरी सो राजश्व सङ्कलन गरिएको जिल्ला ट्राफिक प्रहरी कार्यालयका निमित्त प्रमुख अम्बर गुरुङले जानकारी दिए ।
हाल सम्म ट्रक÷ट्याङ्कर चार सय २२, बस मिनिबस दुई सय ३७, जिप÷कार÷भ्यान चार सय ८०, ट्याक्टर दुई सय १०, मोटरसाइकल नौं सय ५३ र अटो तथा अन्य ३७ सवारी साधनलाई कारवाही गरिएको प्रमुख गुरुङले बताए । सो क्रममा सबैभन्दा बढी मोटर साइकललाई कारबाही गर्दा राजस्व संकलन भएको छ । नियम उल्लंघन गरी सवारीसाधन चलाउनेमा दुई पांग्रे चालक रहेको प्रमुख गुरुङको भनाई छ ।






