कर्णाली किड्स कप २०८१’ मा सेमी फाइनलका खेल सम्पन्न

हुम्लाको अदानचुली गाउँपालिकामा शुक्रबारदेखि जारी ‘कर्णाली किड्स कप २०८१’ अन्तर्गत सोमवार सेमी फाइनलका खेल सम्पन्न भएका छन् ।

सेमिफाइनमा जनकल्याण आधारभूत विद्यालय र छत्रपाल आधारभूत विद्यालयबीच भएको खेलमा छत्रपाल आधारभूत विद्यालय २–० गोलले विजयी भएको आयोजक रेडियो श्रीनगर एफएमका संस्थापक अध्यक्ष नवराज महताराले जानकारी दिए ।

यस्तै मष्टादेव प्राथमिक विद्यालय र सूर्योदय माध्यामिक विद्यालयबीच भएको खेलमा सुर्योदय ७–१ गोलले विजयी भयो । अब मंगलबार छत्रपाल आधारभूत विद्यालय र सूर्योदय माध्यामिक विद्यालयबीच प्रथम उपाधिका लागि प्रतिस्पर्धा हुनेछ । प्रतियोगितामा प्रथम हुने समूहलाई ३० हजार, दोस्रोलाई २० हजार र तेस्रो हुनेलाई १० हजार नगदसहित प्रमाणपत्र र शिल्ड प्रदान गरिनेछ । प्रतियोगितामा ११ समूहको सहभागिता रहेको थियो ।

कर्णाली किड्स कप २०८१’ मा सेमी फाइनलका खेल सम्पन्न

ओखरका बिरुवा बेचेर करोडौं रुपैयाँ

कर्णाली किड्स कप २०८१’ मा सेमी फाइनलका खेल सम्पन्न

हिल्दुम विद्युत् वितरण केन्द्रले घटायो लोडसेडिङ

This will close in 0 seconds