चिङ्गाडको पटेला बजारमा ३० हजार बराबरका म्याद गुर्जेका सामान


सुर्खेत चिङ्गाड गाउँपालिकाको पटेला बजारमा म्याद गुर्जेका सामानहरु भेटिएका छन् । उद्योग तथा उपभोक्ता हित संरक्षण निर्देशनालय कर्णाली प्रदेशको अगुवाईमा  गरिएको संयुक्त अनुगमनका क्रममा म्याद गुज्रेका सामानहरु फेला परेका हुन् ।

म्याद गुज्रेका झण्डै ३० हजार बराबरको सामानहरु नष्ट गरिएको संयुक्त अनुगमन टोलीले बताएको छ । करिब ३० वटाभन्दा धेरै विभिन्न पसलहरुको अनुगमनमा म्याद गुर्जेका सामानहरु भेटिएको उद्योग तथा उपभोक्ता हित संरक्षण निर्देशनालयका अनुगमन अधिकृत माधव प्रसाद न्यौपानेले बताए ।

खाद्यन्न, खुद्रा, खाजाघरहरुको अनुगमन गरिएको भन्दै सबैभन्दा धेरै पेय पदार्थ अन्तरगतका कोकहरु बजारभर नै म्याद गुर्जेको विक्रि वितरण हुने गरेको पाइएको न्यौपानेले बताए । त्यसपछि दालमोठहरु म्याद गुर्जेका भेटिएको उनको भनाई छ ।

अनुगमनको क्रममा केही पसलहरुले न्युनतम मापदण्ड समेत प्रयो नगरेको दर्ताबिना पसलहरु संचालन गरेको पाइएकाले तत्काल मापदण्डअनुसार पसलहरु संचालन गर्न निर्देशन दिइएको उद्योग तथा उपभोक्ता हित संरक्षण निर्देशनालयका प्रशासकीय अधिकृत थिर बहादुर श्रेष्ठले बताए ।

केही दालमोठ उद्योगहरुले लेवलिङ नगरी चाउमिन बजारमा पठाउने गरेको समेत पाइएको भन्दै उहाले ति उद्योगहरुलाई आगामी दिनमा त्यस्ता कार्य बन्द गर्न भनिएको उनको भनाई छ ।

बजारमा गैरखाद्य वस्तुहरु विक्रिवितरण गर्न नपाइने भन्दै त्यस्ता कार्य नगर्न उपभोक्ता समेत चनाखो हुनुपर्ने उनको भनाई छ ।
दैनिक उपभोग्य वस्तुहरुको प्रयोगमा आम उपभोक्तालाई सचेत बनाउन तिनै तहका सरकारहरुले हातेमालो गर्न आवश्यक रहेको बताउँदै खाद्य तथा गुण नियन्त्रण कार्यालय सुर्खेतका खाद्य निरिक्षक बिवेक सुवेदीले बताए । यो विषयलाई सबैले प्रथामिकता नदिए मानव स्वास्थ्यमा गम्भिर असर पर्न सक्ने उनको भनाई छ ।

उपभोक्ताहरुले विशेषगरी म्याद गुज्रेका, लेवलिङ नगरिएका, रङको प्रयोग गर्ने गरिएको भन्दै त्यसलाई खेलाची नठान्न सुझाव दिइएको छ ।
उपभोक्ताहरुलाई सचेत बनाउन सन्देशमुलक पम्पलेट पनि बजारभर बाडिएको जनाइएको छ ।

चिङ्गाडको पटेला बजारमा ३० हजार बराबरका म्याद गुर्जेका सामान

दुर्गमका विद्यार्थीलाइ वित्तीय शिक्षा

चिङ्गाडको पटेला बजारमा ३० हजार बराबरका म्याद गुर्जेका सामान

बाली जोगाउने रणनीति बाउँदै प्रदेश सरकार