दुर्गमका विद्यार्थीलाइ वित्तीय शिक्षा

बचत गर्ने बानीको विकास गर्न सिकाउन हिमाली जिल्ला डोल्पाका विद्यार्थीहरुलाई वित्तीय साक्षारता शिक्षा प्रदान गरिएको छ ।

त्रिपुरासुन्दरी नगरपालिका–१ स्थित त्रिपुरा माध्यामिक विद्यालय काटियाँचौरमा अध्यययनत विद्यार्थीलाई माछापुच्छ्रे बैङ्क लिमिटेडको डोल्पा शाखाले वित्तीय साक्षारता शिक्षा प्रदान गरेको हो । विद्यालयका ४० विद्यार्थीलाई वित्तीय शिक्षा दिइएको शाखा प्रमुख कृष्ण चालिसेले जानकारी दिए ।

उनले पछिल्लो समयमा बालवालिकामा पैसा भेट्यो कि खर्च गर्ने बानी परेकाले आफूसँग भएको थोरै थोरै रकम पनि बचत गर्ने र निकट भविष्य त्यसको लाभ लिनसक्ने कुराको विकास गर्न साक्षरता कार्यक्रम सञ्चालन गरेको बताए ।

कार्यक्रमपछि विद्यार्थीहरुले बचत, खर्चलगायत विषयमा महत्वपूर्ण जानकारी हासिल गरेको बताए । विद्यालयका प्रधानाध्यापक रमानन्द उपाध्यायले बालवालिकाले वित्तीय शिक्षापछि अभिभावक र आफन्तले दिएको थोरै थोरै रकम बचत गर्ने बानीको निर्माण हुनेमा विश्वस्त रहेको बताए ।

दुर्गमका विद्यार्थीलाइ वित्तीय शिक्षा

मिटरब्याज पीडितका समस्या समाधान गर्न तीन सदस्यीय

दुर्गमका विद्यार्थीलाइ वित्तीय शिक्षा

चिङ्गाडको पटेला बजारमा ३० हजार बराबरका म्याद