अवैध रूपमा नदीजन्य पदार्थ उत्खनन गर्ने दुई ट्याक्टर प्रहरीलको नियन्त्रणमा

सुर्खेतको भेरीगंगामा अवैध रूपमा नदीजन्य पदार्थ उत्खनन गर्ने दुई ट्याक्टर प्रहरीले नियन्त्रणमा लिएको छ । भेरीगंगा नगरपालिका–४ स्थित छिन्चु खोलाबाट प्रचलित कानुनको प्रतिकुल हुने गरी कार्यविधि विपरीत अवैध रूपमा उत्खनन गर्दै गरेका दुई ट्याक्टर बिहीबार नियन्त्रणमा लिएको हो ।

ईआइए नभएको कार्यविधि ठेक्काको सर्त विपरीत नदी जन्य पदार्थ उत्खनन गरी रहेको अवस्थामा भे १ त ७५१२ र ना ७ त २२९१ नम्बरको ट्याक्टर नियन्त्रणमा लिएको इलाका प्रहरी कार्यालय छिन्चुले जनाएको छ । नियन्त्रणमा लिएका ट्याक्टरलाई आवश्यक कारबाहीको लागि भेरीगंगा नगरपालिकाको कार्यालय पठाइएको प्रहरीले जनाएको छ ।

अवैध रूपमा नदीजन्य पदार्थ उत्खनन गर्ने दुई ट्याक्टर प्रहरीलको नियन्त्रणमा

बालविवाह विरुद्ध सचेतना फैलाउँदै प्रहरी

अवैध रूपमा नदीजन्य पदार्थ उत्खनन गर्ने दुई ट्याक्टर प्रहरीलको नियन्त्रणमा

बाटो बन्द हुँदा विद्यालय आवतजावतमा समस्या