सम्पादकीय : एमालेको अधिवेशन र कर्णाली सरकार

नेकपा नेकपा एमाले जिल्ला कमिटी सुर्खेतको नबौं जिल्ला सम्मेलन सुरु भएको छ । कर्णालीमा देखिएका मध्ये स्थायी कमिटी सदस्य यामलाल कँडेल र गोरख बहादुर बोगटी यीनका दुई खेमा मध्येका आकांक्षी कसलाई जिताउने भन्नेमा खेमा लिडरबीचमै तिव्र तयारी रहेको बुझ्न सकिन्छ । केही समयदेखि सरकार बाहिर रहेको एमाले कर्णाली प्रदेश आफ्नो नेतृत्वमा हुनुपर्ने अडान राखेर केन्द्रसंग लबिङ गरिरहेका यामलाल कडेंल आफ्नालाई जिल्ला नेतृत्वमा ल्याउन न्वारनदेखीको बल त लगाउने नै भए । राजनीतिमा आफु अनुकूल बनाउन जुनसुकै बिधि अपनाउनमा माहिर नेता कँडेल यो पटकको पनि त्यही बिधि अपनाउनेमा तम्तयार छन् । प्रदेश कीमटीको चुनावमा पनि उनले आफ्नो माथिल्लो निकाय र नेतृत्वको इच्छा विपरित प्रदेश कमिटीको नेतृत्व निर्वाचनबाटै कब्जा गरेका थिए ।

एमाले कर्णालीमा बिगत लामो समयदेखी यसरी राजनीतिका प्रतिस्पर्धा र सुत्रताहरु प्रयोग गर्दै आफु अनुकुल निर्णय गराउँदै आफु पटक पटक केन्द्रीय नेतृत्व र सत्तामा पुगेका हुन यामलाल । तर आरोप भने केन्द्रिय नेतृत्व समेत सम्हालेका केन्द्रिय स्तरका नेता हुँदा हुँदै पनि उनलाई वीरेन्द्रनगर वडा नं. ४ को वडाध्यक्ष जस्तो ४ नं. वडाको विकासको लागिमात्र उनले बोल्ने र आफ्नो भागको बजेट हाल्ने गरेको आरोप पार्टीभित्रै उनले खेप्नुपरेको छ ।

आफु अनूकुल निर्णय गराउन जुनसुकै हर्कत गर्न जसलाई सुकै प्रयोग गर्ने एमाले कर्णालीको राजनीतिका चतुर खेलाडी मानिन्छन उनी । सहमतिमै नेतृत्व चयन गर्ने भनेर भनेता पनि त्यो सम्भावना कम छ । त्यस्तै रोमाञ्चक हुने आँकलन छ एमालेका नेता, कार्यकर्तामा । अध्यक्षका आकांक्षी र उनीहरुको पार्टीमा लामो समयदेखिको निरन्तरता हेर्दा कोही भन्दा कोही कम छैनन । तर यहाँ माथीकाको आशिर्वाद नभएसम्म एमालेमात्र होईन कुनै पनि राजनीतिक दलको पदमा पुग्ने सम्भावना रहन्न ।

विधि, विधान, पद्धती त हात्तीका देखाउने र चपाउने दाँत फरक भए जस्तै हो । जहाँ देखिने एकखालको हुन्छ । अनि बास्तविकता फरक, उदाहरणको लागि एमालेकाे प्रदेश महिला सचिवमा पुरुषलाई विजयी घोषणा गरेर सपथ खुवाएको उदाहरण ताजै छ । पछि केन्द्रले हस्तक्षेप गरेर पुनः महिला उम्मेदवारलाई बिजयी घोषणा गरेपछि त्यो कुरा सञ्चार माध्यममा समेत छताछुल्ल भएको थियो । के राजनीति भनेको आफ्नै कुरा मात्र ठिक, आफु मात्र ठिक, आफुले गरेका काम मात्र ठिक अरु सब काम नलाग्ने भन्ने नै हुन्छ त ? बिधि, विधान र पद्धती भनेको यस्तै एक व्यक्तिले आफ्ना मात्र कुरा लाद्न नपाओस भनेर बनाईएका दिवालहरु होईनन र ?

हिजो सबैभन्दा खत्तम, काम नलाग्ने मध्येको मान्छे जसलाई सार्वजनिक रुपमै त्यसका विरुद्धमा बोलेका हुन्छन आज तिनै फेरी सबै भन्दा ठिक गजब र तिनले गरेका खाने, बोल्ने, सुत्ने, उठ्ने, नाच्नेसम्म लेवलका हर्कत कसरी असाध्यै उत्कृष्ट हुन्छ होला ? यसको उत्तर दिने कोही जन्मिएका होलान राजनीतिका मै हुँ भन्नेहरुले यसको उत्तर देलान आम कार्यकर्ता र नागरिकलाई ?

यि र यस्ता प्रश्नको यो अधिबेशनमा खोजी गर्ने नेतृत्वको हालत के होला ? यस्ता प्रश्न गर्नेको आवाज सुनाउने ठाउँसम्म देलान कि नदेलान ? सरकारमा समेत पार्टीकै नेतृत्वमा जाने भन्ने चर्चाले झन कमिटीमा आउनेको आकांक्षा बढी हुने नै भो । भान्सामा मुख्य भान्से आफ्ना हुँदा खेरी छोराछोरी कसलाई च्याप्छन भान्सेले भन्ने कुराको पनि अर्थ रहन्छ यहाँ ।

सरकारमा सहभागी हुँदा आउने अवसरहरुको लिष्ट र त्यो उपभोग गर्न पाउनेको लिष्टमा आम तिनका शुभचिन्तक र फरक पार्टीका नागरिकले पनि पाउन । गुटका नाममा धेरै राजनिति देखेर परम्परागत पुराना पार्टीबाट अाजित  जनताले बालेन्द्र शाह, हर्क साम्पाङ र गोपि हमालजस्ता पार्टी बिहीन व्यक्तिहरुलाई विश्वास गर्ने वातावरण सुर्खेत एमालेले नबनाओस् । पार्टीका नीति, बिधि सबैका एकसे एक राम्रा र उत्कृष्ट छन् ।

तर त्यसलाई कार्यान्वयन गर्ने तहमा रहेका व्यक्ति अनुकुल परिभाषित गरेर उनका आफ्ना निजि स्वार्थका लागी प्रयोग गर्दा पार्टी बद्नाम भएका उदाहरण छन् । गलत हर्कत गरेर आफ्नो टाउको जोगाउनलाई राजनितिको खोल ओड्ने र पुराना र योगदान गरेका भन्दा पनि त्यस्तै आँधिहुरी जसरी आउनेलाई पार्टीले सेपेको, ढाकछोप गरेको भएर नै दलहरुप्रति आम नागरिकको भरोसा गुम्दै गएको छ । यो साख नेकपा एमाले जिल्ला कमिटीको नवौं जिल्ला अधिवेशनले जोगाईराखोस् । शुभकामना छ ।

सम्पादकीय : एमालेको अधिवेशन र कर्णाली सरकार

कर्मचारीकै सेटिङमा११ करोड ७३ लाख झ्वाम