जस्मिन पेन्ट्सले ल्यायो थाईल्याण्ड घुम्ने अफर


नेपाली पेन्ट्स कम्पनीहरु मध्यकै नम्बर १ पेन्ट्स कम्पनिका रुपमा आफुलाई स्थापित गर्न सफल जस्मिन पेन्ट्सले बिगतका बर्षहरुमा जस्तै यस बर्ष पनि ’चाड पर्वको उमंग, थाईल्याण्ड घुमौ जस्मिन पेन्ट्स संग’ ग्राहक उपहार योजना– २०८१ संचालनमा ल्याएको छ ।

आउँदै गरेका चाडपर्वहरूमा थप उमंग र खुशी प्रदान गार्ने उद्देश्यका साथ यहि भदौ १ गते देखी आगामी कार्तिक ३० गतेसम्मका लागि ग्राहक लक्षित उक्त योजना लागु गरेको हो ।

यस योजनामा सहभागी हुन ग्राहकहरूले नजिकैको डिलरहरूबाट कम्तीमा ७५ हजार रुपैयाँ (भ्याट सहित)को जस्मिन पेन्ट्सको उत्पादनहरूको खरिदमा एक लक्की ड्र कुपन प्राप्त गर्न सक्नेछन् । विजेताको घोषणा लक्की ड्र कार्यक्रमको प्रत्यक्ष प्रसारणमार्फत गरिनेछ । यस उपहार योजना मार्फत आठ सय बीस जना ग्राहकहरूले विभिन्न उपहार प्राप्त गर्न सक्नेछन् ।

जस अन्तर्गत २ जनाले बम्परमा थाईल्याण्ड घुम्न जान पाउने अवसर , ५१ स्मार्ट घडी , ६५ जनाले राईस कुकर, १०१ जनाले ईयर बड्स र ६०१ जनाले आकर्षक टिसर्ट प्राप्त गर्न सक्नेछन् । यस ग्राहक उपहार योजनाले सम्पूर्ण ग्राहकहरूको मन जित्न सफल रहनेछ भन्ने पूर्ण विश्वास कम्पनीको छ ।

कम्पनीले विगत ३० वर्षदेखि निरन्तर रुपमा ’नेपाली मनको नेपाली रङ्ग’ भन्ने स्लोगनका साथ आफ्ना उत्पादनहरू नेपाली ग्राहक समक्ष पु¥याइरहेको बताएको छ ।

जस्मिन पेन्ट्सले ल्यायो थाईल्याण्ड घुम्ने अफर

अखिल क्रान्तिकारिको दोस्रो नगर अधिवेशन सम्पन्न

जस्मिन पेन्ट्सले ल्यायो थाईल्याण्ड घुम्ने अफर

हुम्लाको चङ्खेलीमा जीप दुर्घटनाः पाँचजना गम्भीर घाइते