कुवामा डुबेर दाङमा एकजनाको मृत्यु

कुवामा डुबेर एकजनाको मृत्यु भएको छ । तुलसीपुर उपमहानगरपालिका–२ कुमलगडी निवासी २९ वर्षीय रजमान चौधरीको आईतवार बिहान कुवामा डुबेर मृत्यु भएको हो ।

आफ्नै घरको कुवामा डुबेको अवस्थामा चौधरी मृत फेला परेका इलाका प्रहरी कार्यालय तुलसीपुरका प्रहरी निरीक्षक प्रकाश थापाले जानकारी दिए ।

चौधरीकी भाउजु आँसी चौधरीले कुवाबाट पानी तान्ने क्रममा रजमान डुबेपछि प्रहरीलाई खबर गरेको बताइन् । प्रहरीले निजको शव निकालेर परिवारलाई जिम्मा लगाएको छ ।

कुवामा डुबेर दाङमा एकजनाको मृत्यु

पोखरामा निषेधित क्षेत्र घोषणा, शहीद चोक र

कुवामा डुबेर दाङमा एकजनाको मृत्यु

दशैंपछि पहिलो पटक घट्यो नेप्से