कर्णालीमा एक हजार सात सय बढी नयाँ उद्योग दर्ता

चालु आर्थिक वर्षमा कर्णालीका १० जिल्लामा एक हजार सात सय ९५ वटा साना उद्योग दर्ता भएका छन भने त्यस्ता चार सय १० उद्योग खारेज भएका छन् ।

कर्णाली प्रदेशको उद्योग तथा उपभोक्ता संरक्षण निर्देशनालयका अनुसार आर्थिक वर्ष २०८०/८१ मा दर्ता र नवीकरणको तुलनामा करिब एक चौथाइ हाराहारीमा उद्योग खारेज भएका छन् । सुर्खेतका एक सय ६६, जुम्लाका ८१, कालीकोटका ३७, सल्यानका ३५, दैलेख र जाजरकोटमा समान २८, रुकुमपश्चिमका २२, हुम्लाका सात र मुगुका छ वटा उद्योग खारेज भएका छन् ।

अधिकांश सामान्य बासको व्यवस्था भएका होटल, रेस्टुरेन्ट, कृषि फार्मजस्ता साना उद्योग खारेज भएका निर्देशनालयका सूचना अधिकारी थीरबहादुर श्रेष्ठले बताए । उद्योग खारेज नगरिएपछि अर्को उद्योग खोल्न नपाइने, धेरै जरिवानामा परिने भएकाले साना लगानीमा सञ्चालित उद्योग धमाधम खारेज भएका उनले बताए ।

गत आर्थिक वर्षमा एक हजार सात सय ९५ वटा उद्योग नयाँ दर्ता भएको छ भने दुई हजार ५५ वटा उद्योग नवीकरण भएका छन् । सल्ल्यानमा एक सय ३२ नयाँ र दुई सय ३६ नवीकरण, जाजरकोटमा एक सय ५३ नयाँ र ८३ नवीकरण, रुकुमपश्चिममा एक सय र ७४ वटा उद्योग नवीकरण भएका उक्त निर्देशनालयले जनाएको छ ।

मुगुमा एक सय ११ नयाँ र ५१ वटा नवीकरण, सुर्खेतमा नयाँ छ सय ७१ र नौ सय २१ वटा नवीकरण भएका छन् । जुम्लामा दुई सय चार वटा नयाँ र दुई सय ३७ वटा नवीकरण भएका छन् । दैलेखमा एक सय ५६ नयाँ र एक सय ५६ वटा उद्योग नवीकरण गरिएको छ ।

कालिकोटमा एक सय २२ नयाँ उद्योग दर्ता र एक सय ३१ वटा नवीकरण भएका छन भने डोल्पामा ९३ नयाँ र ७९ वटा नवीकरण, हुम्लामा नयाँ ५३ र ८७ उद्योग नवीकरण भएका निर्देशनालयले जनाएको छ ।

कर्णालीमा एक हजार सात सय बढी नयाँ उद्योग दर्ता

चिउरीको दाना पेलेर घ्यूको जोहो गरिँदै

कर्णालीमा एक हजार सात सय बढी नयाँ उद्योग दर्ता

यू–१९ राष्ट्रिय क्रिकेटः खेलाडी बन्द प्रशिक्षणमा