नेपालबाट सबैभन्दा धेरै निर्यात हुने वस्तुमा फलाम र फलामबाट बनेका उत्पादन


गएको आर्थिक वर्ष २०८०/८१ मा नेपालबाट सबैभन्दा धेरै निर्यात हुने वस्तुमा फलाम र फलामबाट बनेका उत्पादन परेका छन् ।

व्यापार तथा निकासी प्रवर्द्धन केन्द्रका अनुसार गएको आर्थिक वर्षमा नेपालको कुल निर्यातको ११ दशमलव ४ प्रतिशत हिस्सा फलाम तथा फलामका उत्पादन रहेका छन् । नेपालले गएको वर्ष १७ अर्ब ४० करोड २६ लाख रुपैयाँका फलाम र फलामबाट बनेका वस्तु निर्यात गरेको छ । यो अघिल्लो वर्षको भन्दा झन्डै ६१ प्रतिशतले धेरै हो ।

फलाम उद्योगमा खपत हुने बिजुली र निर्यातमा सहुलियत दिने सरकारको नीतिले गएको वर्ष निर्यात बढेको हो । तर नेपालमा फलाम खानीबाट उत्पादन नहुने भएकाले सबैजसो फलाम आयात गरेर यहाँ तयारी वस्तु बनाएर निर्यात भएको हो । गएको आर्थिक वर्षमा नेपालले एक खर्ब ४७ अर्ब रुपैयाँभन्दा धेरैको फलाम र स्टिलजन्य वस्तु आयात गरेको छ ।

यस्तै निर्यात हुने प्रमुख वस्तुका रूपमा रहेको धागोको निर्यात भने घटेको छ । गएको आर्थिक वर्षमा १२ अर्ब एक करोड ३० लाख रुपैयाँको धागो निर्यात भएको केन्द्रले जनाएको छ । कुल निर्यातमा धागोको हिस्सा झन्डै ८ प्रतिशत छ । यस्तै नेपालले १० अर्ब ५७ करोड रुपैयाँको कार्पेट, आठ अर्ब ९६ करोड रुपैयाँको तयारी पोशाक, आठ अर्ब ७१ करोड रुपैयाँको जुस लगायतका वस्तु निर्यात गरेको छ ।

केही वर्षअघिसम्म निर्यातको प्रमुख वस्तु बनेको नेपाली चियाको निकासी क्रमशः घट्दै गएको छ । गएको आर्थिक वर्षमा तीन अर्ब ६२ करोड ५० लाख रुपैयाँको चिया निर्यात भएको छ । यो अघिल्लो वर्षको तुलनामा झन्डै ८ प्रतिशतले थोरै हो ।

यस्तै नेपालले गएको वर्ष तीन अर्ब १८ करोड रुपैयाँको कुकुर/बिरालोको दाना निर्यात गरेको छ । पहाडी र हिमाली क्षेत्रमा पालिने गाईको दूधबाट छुर्पीजस्तै दाना बनाएर विदेशमा कुकुर/बिरालोको खानाको रूपमा निर्यात हुँदै आएको छ ।

गएको वर्ष नेपालको निर्यात ३ प्रतिशतले घटेर एक खर्ब ५२ अर्ब ३८ करोड रुपैयाँमा सीमित भएको छ । फलाम तथा स्टिलका उत्पादन, तयारी पोशाक, जुस, प्लाईवूडको निर्यातमा वृद्धि भएको छ भने ऊनी गलैँचा, अलैँची, जुट तथा जुटका सामान, पामतेल, ऊनी फेल्ट जस्ता वस्तुहरूको निकासीमा ह्रास आएको छ ।

नेपालबाट सबैभन्दा धेरै निर्यात हुने वस्तुमा फलाम र फलामबाट बनेका उत्पादन

जुम्लामा सूचीकृत बेरोजगार युवा १३ हजार

नेपालबाट सबैभन्दा धेरै निर्यात हुने वस्तुमा फलाम र फलामबाट बनेका उत्पादन

हटेन अव्यवस्थित पार्किङ