३५ हजार बढी घरेलु तथा साना उद्योगमध्ये करीब १५ हजार मात्र सञ्चालनमा


कर्णालीमा दर्ता भएका करीब ३५ हजार बढी घरेलु तथा साना उद्योगमध्ये करीब १५ हजार मात्र सञ्चालनमा रहेको बताएका छन् ।
नेपाल घरेलु तथा साना उद्योग महासंघ सुर्खेत बीरेन्द्रनगर नगर महासंघको मंगलबार तेस्रो नगर सम्मेलनका सहभागीहरुले स्थानीय तथा प्रदेश सरकारहरुको वेवास्ताले दर्ता भएका उद्योगहरु सञ्चालनमा नहुँदा आफुहरु अहिले धेरै समस्यामा परेको बताएका हुन् ।
समावेशी आर्थिक विकासका लागि सहयोगी हुन सक्ने यस्ता उद्योगहरु बन्द हुनु निश्चय नै राम्रो होइन भन्ने कुरा तीनै तहका सरकारहरुले थाहा पाएपनि सत्तालिप्तामा अलमलिरहेको उनीहरुको आरोप छ । दर्तामा रहेका उद्योगहरुलाई पूर्ण सञ्चालनमा ल्याउनुपर्छ, भन्ने तर्फ नसोचि कसरी उद्योगीहरुलाई दोहन गर्न सकिन्छ भन्ने तर्फ स्थानीय र प्रदेशहरुको ध्यान केन्द्रित हुँदा आफुहरु मर्कामा परेको नेपाल घरेलु तथा साना उद्योग महासंघका कर्णाली प्रदेश अध्यक्ष चन्द्रबहादुर विसीले बताए ।





