ग्लोबल मनी वीक मनाईदै


नेपाल राष्ट्र बैंक सुर्खेत कार्यालयले ‘ग्लोबल मनी वीक’ मनाएको छ । यहि चैत ५ गतेदेखि ११ गते सम्म मनाउँने जनाएको हो । बालबालिका र युवाहरुमा वित्तीय साक्षरता अभिवृद्धि गर्दै वित्तीय ज्ञान, सीप र मनोवृत्तिको विकास गर्ने उद्देश्यले मनाउँने गरेकोनेपाल राष्ट्र बैंक सुर्खेतका कार्यालय प्रमुख बाबुराम कोइरालाले जानकारी दिए ।
कार्यालय प्रमुखका अनुसार ‘आफ्नो पैसा सुरक्षित गर्नुहोस्, आफ्नो भविष्य सुरक्षित गर्नुहोस्’ भन्ने नाराका साथ ‘ग्लोबल मनी वीक’ मनाउने गरेको उनले बताए । ‘ग्लोबल मनी वीक’मनाउनको लागि नेपाल राष्ट्र बैंक सुर्खेत, कार्यालयको संयोजन तथा नेतृत्वमा नेपाल बीमा प्राधिकरण, नेपाल धितोपत्र बोर्ड, र बैंक तथा वित्तीय संस्थाका प्रादेशिक तथा शाखा कार्यालयहरुको सहभागितामा विद्यार्थीलक्षित वित्तीय शिक्षा÷साक्षरता, सचेतना अभिवृद्धि कार्यक्रम गरिनेछ ।
चार वटा विद्यालयका विद्यार्थि सहित एक सय ८० जनाको सहभागिता रहने ेपाल राष्ट्र बैंक सुर्खेतका कार्यालय प्रमुख बाबुराम कोइरालाले जानकारी दिए ।
कार्यक्रममा डिजिटल वित्तीय साक्षरता सम्बन्धी जानकारी, राष्ट्र बैंकले लागु गरेका विभिन्न सेवा सुविधाहरू, बैंक तथा वित्तीय संस्थाहरुको बारेमा जानकारी, नेपाल बिमा कम्पनीले दिने सेवा र त्यसको बारेमा जानकारी गराइएको हो।त्यस्तै कार्यक्रममा नेपाल राष्ट्र बैंक, बैंक तथा वित्तिय संस्था र नेपाल बिमा प्राधिकरणको तर्फबाट कार्यपत्र प्रस्तुत गरिएको छ।
बैंक तथा वित्तीय सम्बन्धीको कार्यपत्र लक्ष्मी सनराइज बैकंका प्रदेश प्रमुख देवाकर जोशीले प्रस्तुत गरेका थिए । त्यस्तै नेपाल विमा प्राधिकरण प्रदेश प्रमुख पदमप्रसाद सोडारीले विमा प्राधिकरणले गर्दै आएको कामबारे प्रस्तुती राखेका थिए ।
कार्यक्रममा राष्ट्र बैंकका सहायक निर्देशक चिनिया लामा, बैंक तथा वित्तिय संस्थाका डाक्टर सरोज टण्डन, नेपाल बिमा प्राधिकरणका पदम प्रसाद सोडारी लगायतको सहभागिता रहेको थियो।कार्यक्रमका सहभागिहरुले बैंक तथा वित्तीय संस्था सम्बन्धि जानकारी गाउँगाउँसम्म पु¥याउनु पर्नेमा जोड दिएका छन्।






