प्रेस सेन्टर जुम्लाको अध्यक्षमा दिलमायाँ शाही


प्रेस सेन्टर जुम्लाको अध्यक्षमा दिलमाया शाही चयन भइएकी छिन् । प्रेस सेन्टर नेपालको पाँचौ जिल्ला अधिवेशनबाट पत्रकार दिलमाया शाहीलाई सर्वसम्मत चयन भएकी हुन् । सम्पन्न अधिवेशनले उपाध्यक्षमा उमेश बुढा, महिला उपाध्यक्षमा अनिता बुढा, सचिवमा गोल्डेन बुढा, सहसचिवमा उमेश परियार, सहसचिव राम प्रकाश वि.क, कोषाध्यक्षमा अमृत बुढाथोकीमगर चयन भएका छन् ।
सदस्यहरुमा रमिला महत, गिता शाही, विजकली महतारा र निराजन गौतमलाई सदस्यमा चयन गरिएको हो । ने.क.पा (माओवादी केन्द्र)जुम्लाका संयोजक नवराज न्यौपाने, नेकपा माओवादी केन्द्रका वैकल्पिक केन्द्रीय सदस्य चन्द्रविर तिरुवा सहित, प्रेस सेन्टर नेपालका केन्द्रीय सचिव शुरज कुमार सिंह, केन्द्रीय सदस्य नेत्रबहादुर शाही, प्रदेश सचिव उपेन्द्र न्यौपाने सहित प्रेस सेन्टरका पदाधिकारी, जनबर्गिय संगठनका प्रमुखहरु, जिल्ला सदस्य र साधाराण सदस्यको उपस्थिति रहेको थियो ।
जुम्लाको होटल स्टारमा सम्पन्न अधिवेशनको उद्घाटन कार्यक्रममा जिल्ला संयोजक नवराज न्यौपानेले प्रेस सेन्टर जनताको पक्षमा अझ क्रान्तिकारी भएर अगाडि बढ्न सुझाव दिए । उनले नेपाल पत्रकार महासंघ शाखा जुम्लाको निर्वाचनमा भएको क्षतिले सोच्न वाध्य बनाएकोमा जोड दिए ।
प्रेस सेन्टर नेपाल केन्द्रीय समितिका सचिव शुरबहादुर सिंहले पद ठूलो नभई सत्य पत्रकारिता, विचार ठूलो भएकाले संगठन एकजुट भएर अगाडि बढ्नुपर्ने बताए । उनले अव प्रेस सेन्टरका कलम तिखो भएर अगाडि बढाउन अनुरोध गरे ।
प्रेस सेन्टरका नवनिर्वाचित जिल्लाध्यक्ष दिलमाया शाहीले संगठनलाई मर्न नदिनका लागि बिषम परिस्थितिमा सर्वसम्मत नेतृत्व दिने संगठनका सवै साथीहरुलाई धन्यवाद दिदै गलत, वेतिथिका विरुद्ध आफ्नो कलम सधै चलिरहने बताइन् ।
उनले काम गर्ने सिलसिलामा सवैको सहयोग आवक्श्यक बताइन् । प्रेस सेन्टर जुम्लाले पहिलो पटक महिला नेतृत्व चयन गरेको हो । केन्द्रीय सदस्य तथा पत्रकार महासंघ जुम्लाका निवर्तमान अध्यक्ष नेत्रबहादुर शाहीले वधाई दिदै महिला नेतृत्व प्रदान गरेकोमा प्रेस सेन्टर जुम्लाका सवैलाई धन्यवाद दिइन् । उनले प्रेस सेन्टरले नै जुम्लामा पत्रकारिता क्षेत्रको अगुवाई गर्नेमा जोड दिइन् ।






