सञ्चालनमा आयो स्टे होटल भ्याली भ्यू, वैशाख १ गते उद्घाटन गरिने


ग्राहकको चाहाना अनुसार बनाईएको स्टे होटल भ्याली भ्यू सञ्चालनमा आएको छ । नयाँ तरिकाले सञ्चालनमा आएको होटलको नयाँ वर्ष २०८१ को अवसर पारी वैशाख १ गते औपचारिक उद्घाटन गर्न लागिएको हो ।

झण्डै २१ करोड रुपैयाँ बढी लागतमा स्टे होटल भ्यालीभ्यू सञ्चालन गरेको होटल भ्यालीभ्यूका अध्यक्ष तर्कबहादुर शाहीले जानकारी दिए । प्रदेश राजधानीसमेत रहेको सुर्खेतको वीरेन्द्रनगर–१४ लादेमा उच्चस्तरिय सुविधासहितको तीन तारे होटल सञ्चालनमा ल्याएको शाहिले बताए ।

कर्णालीको पर्यटन क्षेत्रको प्रवद्र्धनमा टेवा पु¥याउने उद्देश्यले होटेल सञ्चालनमा ल्याएको उनको भनाई छ । कर्णालीका प्रमुख पर्यटकिय क्षेत्रको प्रचारप्रसार र अवलोकन गर्न आउने पाहुनाका लागि स्तरीय बसोवासलाई मध्यनजर गर्दै शाखा विस्तार गरेको शाहीले बताए ।

करिव एक विगाह क्षेत्रफलमा झण्डै २१ करोडको लागतमा सुविधा सम्पन्न भौतिक संचालनसहितको होटल सञ्चालनमा ल्याएको शाहीले बताए । कोरोना महामारीले अर्थतन्त्रमा आएको संकुचनका बिच पनि कर्णालीको पर्यटन व्यवसायलाई टेवा पु¥याउने उद्देश्यले होटल व्यवसायमा लगानी गरेको शाही बताए ।

शाहीले २०६० बाट वीरेन्द्रनगर–६ मा सञ्चालनमा ल्याएको होटल भ्याली भ्यू हालसम्म तीन स्थानमा शाखा विस्तार भइसकेको छ भने कर्णालीका १० वटै जिल्लामा शाखा विस्तार गर्ने गरी तयारी भइरहेको छ ।

वीरेन्द्रनगर नगरपालिका–१४ को गढीमा स्टे होटल भ्याली भ्यू र जुम्लाको चन्दननाथ नगरपालिका–६ मा रारा स्टे भ्याली भ्यू रिसोर्ट प्रालि स्थापना भइसकेको छ ।

स्थानीय तथा अर्गानिक उत्पादनको प्रयोग र उपभोगमा टेवा पु¥याउदै आएको भ्याली भ्यूले स्थानीय कृषकहरुलाई रैथाने बाली उत्पादनमा प्रोत्साहनसमेत गर्दै आएको अध्यक्ष शाहीले बताए ।

शाहीले कर्णालीमा होटल क्षेत्रमा ३ दशकको अवधिमा स्थापना गरेका तीन वटा होटलमा झण्डै ३५ करोड लगानी गरिसकेका छन्, भने एक सय २० बढीलाई प्रत्यक्ष रोजगारीसमेत दिइरहेका छन् । निकट भविष्यमा कर्णालीको प्रमुख पर्यटकिय क्षेत्र मुगुको रारा तालमा पनि होटल विस्तार गर्न लागेको उनले बताए ।

स्वच्छ सुन्दर शान्त बाताबरणमा अबस्थित यो थ्री स्टार लेबलको होटलमा ३४ ओटा रुमहरु संचालनमा आएका छन । ३४ रुम जसमध्ये २ ओटा भीआइपी स्वीट रुम, २० ओटा सुपर डिलक्स, ६ ओटा डिलक्स र ६ ओटा स्टयाण्डर्ड कोठा हरु रहेका छन ।

रेस्टुरेन्टमा कर्णालीको अर्गानिक खाना जस्तै मार्र्सी चामलको भात, जुम्ला सिमीको दाल, सिस्नु, फापरको रोटी, कोदाको ढिंडो, कालिजको मासु, बट्टाईको झोल, लोकल कुखुराको मासु, मोही उपलब्ध रहेको होटलका महाप्रवन्धक पदम सुवेदीले बताए ।

सञ्चालनमा आयो स्टे होटल भ्याली भ्यू, वैशाख १ गते उद्घाटन गरिने

सुर्किमारेमा घरघरै स्वच्छ खानेपानी

This will close in 0 seconds