विश्वविद्यालयलाई वैज्ञानिक आविष्कार र अनुसन्धान केन्द्रका रुपमा विकास गर्न आग्रह


नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले देशको समृद्धिका लागि विश्वविद्यालयलाई आविष्कार र अनुसन्धान केन्द्रको रुपमा विकास गर्न जरुरी रहेको बताएका छन् ।

सुर्खेतको वीरेन्द्रनगर स्थित मध्यपश्चिम विश्वविद्यालयको स्कुल अफ म्यानेजमेन्ट (मुसुम) को नवनिर्मित भवनको उद्घाटन गर्दै पूर्व प्रधानमन्त्री समेत रहनुभएका ओलीले विश्वविद्यालयलाई वैज्ञानिक आविष्कार र अनुसन्धान केन्द्रका रुपमा विकास गर्न आग्रह गरे ।

उनले शैक्षिक बेरोजगारी राष्ट्रको मूल समस्या बन्दै गइरहेको बताउँदै देशभित्रै उद्यमशील वातावरण निर्माण गरी रोजगारी सिर्जना, स्वरोजगारी र समृद्धि हासिल गर्ने शिक्षाका पाठ्यक्रम निर्माण गर्नेतर्फ प्राध्यापकहरूले ध्यान दिनुपर्ने बताए ।
नेपाल सुहाउँदो विकास र परिवर्तनको मोडेलका लागि विश्वविद्यालय तहमा अध्ययन, अनुसन्धान जरुरी रहेको उनको भनाई थियो ।

विश्वविद्यालयलाई वैज्ञानिक आविष्कार र अनुसन्धान केन्द्रका रुपमा विकास गर्न आग्रह

सातै प्रदेशका मतदान केन्द्रमा पुग्यो मतपत्र