मलामी गएका १ जना नदिमा डुबेर बेपत्ता


सुर्खेतको पञ्चपुरी ११ मा मलामी गएका १ जना नदिमा नुहाउने क्रममा बेपत्ता भएका छन । कुईनेको भेरी कर्णाली दोभानमा मलामी गएका सोहि ठाउका अन्दाजी ५५ बर्ष का सज्जन बिक नदिमा नुहाउने क्रममा बेपत्ता भएका हुन ।
सोमवार दिउसो करिब १ बजेको समयमा बिक बेपत्ता भएका हुन । घटना स्थलमा प्रहरी र स्थानीयहरुले खोजी गरिरहेका वडा नं ११ वडा अध्यक्ष धनबहादुर माझीले जानकारी दिएका छन ।






