छोरीको खुट्टाको उपचार गर्न आर्थिक सहयोग गरिदिन बुवाको आग्रह


हुम्लाको सिमकोट गाउँपालिका–७ का बल्चित कामीले आफ्नो छोरीको खुट्टाको उपचार गर्न आर्थिक सहयोग गरिदिन आग्रह गरेका छन् ।
दुई वर्षअघि ११ वर्षकी छतबाट लडेर घाइते भइ एक खुट्टा भाँचिएको थियो । उपचारका लागि घरपरिवारमा आर्थिक समस्याका कारण उपचार नपाएर विकको अहिले भाँचिएको खुट्टा बांगिएको छ । उमेर बढ्दै जाँदा हिडडुलमा समस्या हुँदै आएको बुवाले गुनासो पाखे ।
त्यो समय उपचार गर्नका लागि राम्रो अस्पतालमा लिन घरमा आर्थिक समेत नहुँदा छोरीको भाँचिएको खुट्टाको उपचार हुन नसकेको विकका बुवाले दुखेसो पाखे । ११ वर्षिया विकको दाँया भागको खुट्टा भाँचिएको हो । विकले राम्रोसँग बोल्न समेत नसक्ने भएको उनको भनाई थियो । भाँचिएको खुट्टाको अहिले पनि उपचार गर्न सकिने भएता पनि विकको घरमा आर्थिक अवस्था कम्जोर भएकाले सुविधा सम्पन्न अस्पतालमा लिन नसक्ने गुनासो पोखेको डाडाफयाँ स्वास्थ्यचौकीमा कार्यरत सन्तोष बोहराले बताए ।
स्वास्थ्यकर्मी बोहराले भयो, ’अहिले पनि ती नानीको उपचार गर्न सकिन्छ तर आर्थिक बढी चाहिन्छ ।’ विकको खुट्टाको उपचार गर्नका लागि घर आर्थिक अवस्था कमजोर र दयनीय रहेको बोहराले बताए । विकका घरपरिवारले अपांग तथा बालबालिकाको क्षेत्रमा काम गर्ने संघ संस्थालाई छोरीको उपचारका लागि आर्थिक सहयोग माग गरी दिन आग्रह गरेको बताए ।





