दलित महिलाहरुको अनुभव: समाज बद्लिदो, विभेद हट्दै

शान्ति नेपालीलाई ठ्याक्कै याद छैन, एउटै गोरेटोमा कति जना तर्किएर हिँडे । सँगै वन गएकी संगैकाले होच्याएर ‘बोल्दा’कतिपटक मन दुख्यो । एउटै धारा पधेराको पानी खाने छिमेकी कतिपटक भाँडा छोइन्छ कि भनेर पन्छिए । मेलापातमा सबैलाई एकै कचौरामा खाजा दिँदा उनलाई छुट्टै दिइन्थ्यो ? शान्तिले उत्तर मागिनन् ।
उपल्लो भनिएका जातको घरमा जाँदा केही खानेकुरा दिँदा अलक्क दिन्थे, डिलमा बसेर खान्थिन् । अरुले नमाझ्दा पनि हुने तर आफूले भाँडा माझेर घोप्टाउनुपर्दा शान्तिले दुख मानिनन्।कानूनमा जातीय भेदभाव बर्जित छ । तर, व्यवहारमा हेपिएकै छन्, तिरस्कृत नै छन् । आखिर किन कानून र व्यवहारमा यो अन्तराल ?अर्की छमु नेपालीलाई लाग्छ, दलितहरु आफूमाथि हुने अपमान र दुर्व्यवहारमाथि प्रश्न गर्न चुके । ‘दलित भएकै कारण घर, पधेँरा, मेला, समाज अहिले पनि विभेद गरिन्छ ।
हाम्रा बाजेबजैले त झन् कतिसम्मको विभेद खेपे होलान् । तर, त्यसमा उनीहरुले प्रश्न नगर्दा छुवाछुट समाजबाट हट्न सकेन,’ उनी भन्छिन् ।कोही घरबाट बाहिर निस्किँदा बाटोमा भेट भयो भने गाली गर्दै साइत बिगारिदिई भनेर फर्किँदा उनको मन कति रुन्थ्यो । उनको अनुभवले पनि भन्छ, ‘बिभेदको एउटा चरम सीमा नाघेर यहाँसम्म आइपुगेका हौं ।’देशमा संघीयता नआएको भए अहिले पनि आफूहरु चुलोचौकोमै सीमित रहने उनीहरुको बुझाइ छ । देशमा व्यवस्था फेरिएकै कारण आफूहरुको दिनचर्चा फेरिएको उनीहरु बताउँछन्।हिजो प्रश्न गर्न नसकेर विभेद खेपेका शान्ति र छमु जस्ताहरु आज उत्तर दिने ठाउँमा छन् ।
उनीहरुले स्थानीय सरकारमा दलित समुदायको प्रतिनिधित्व गर्छन् । शान्ति नेपाली सिंजा –६ कि दलित महिला वडा सदस्य हुन्।भने,झ छमु यता पातारासी गाउँपालिका–४ कि दलित महिला वडा सदस्य हुन्।

संविधानले नै स्थानीय तहको प्रत्येक वडामा एक जना दलित महिला सदस्य अनिवार्य हुने व्यवस्था गरेपछि उनीहरु चुनाव जितेर उनिहरु वडा सदस्य बनेकी हुन् ।‘यो हाम्रो लागि ठूलो उपलब्धी हो ।
संविधानले नै व्यवस्था नगरेको भए हामीले ठाउँ पाउने थिएनौं,’ पातारासी गाउँपालिका–४ कि दलित महिला सदस्य छमु भन्छिन्, ‘पहिलो दलितसम्म आइपुग्ने नै थिएन, दोस्रो आइपुगिहाले पनि टाठाबाठा पुरुषले नै पद हत्याउने थिए ।’हिजो समाजका उपल्लो जातका भनिनेहरुले गर्ने व्यवहार अहिले फेरिएको उनीहरुको बुझाइ छ ।
‘जनप्रतिनिधि भएपछि हाम्रो दैनिकी फेरिएको छ । हिजो भरसक कार्यक्रममै नबोलाउने मान्छेहरुले अहिले अतिथि बनाएर बोलाउँछन्,’ गुठिचौर गाउँपालिका – ५ कि वडा सदस्य तथा गाउँकार्यपालिका सदस्य बास्मती कामीअनुभव सुनाउँछिन्।आजभोली कसैले विभेद, अन्याय र दुर्व्यवहार गरे त्यसको प्रतिकार गर्न पिडितलाई यी महिला जनप्रतिनिधीले सुझाउँछन् । राज्यले सबैखाले विभेदको अन्त्य गर्ने भनेको छ । तर पनि अपमान हुन्छ भने न्यायको लडाइँ लड्न जागरुक गराउने काम उनीहरुले गरेका छन् ।
फेरिँदै समाजःहट्दै विभेद
दलितमाथि गरिने अपमान एकातिर र महिला भएकै कारण गरिने दुर्व्यवहार अर्कोतिर भएको अवस्थामा समाज अहिले धेरै फेरिएको अर्की गुठिचौर –३ गर्जायाङकोट गाउँकी दलित महिला वडा सदस्य राजु कामीको अनुभव छ । ‘श्रीमान बिहान कामधन्दा तिर निस्कने तयारी गर्दा, म कार्यक्रममा निस्किने तयारी गर्दै हुन्छु ।
बच्चा सासुससुरा र बहिनीले सम्हाल्छन् । उहाँ पैसा कमाउन निस्कनुहुन्छ, म गाउँ बदल्न,’ राजुले भनिन्, ‘वडा सदस्य भएर आएपछि धेरै पटक त कार्यक्रममा भाषण गरेकी छु ।’पहिले कसैले औंला उठाउँदा, आरोप, आक्षेप लगाउँदा उनले प्रतिकार गर्न सक्दिनथिन् । अहिले २÷४ जना मान्छे जम्मा गरेर भाषण गर्न सक्ने भएकी छन् । आफू, समुदाय र अरु कुनै मान्छेमाथि भएको अन्यविरुद्ध चूप लागेर नबस्ने हिम्मत राजु कामीलाई छ ।
‘६० प्रतिशत क्षमता विकास ग¥यौं’
अहिले उनीहरुलाई जनताले समस्या सुनाउँछन्, अप्ठेरो बताउँछन् । कुनै जातीविशेषको होइन, उनीहरु जनताको साझा बनेका छन् । बाटोघाटो, खानेपानी, भवनको मागसम्म आउँछन् ।
पहिलेजस्तो समाजमा छोइछिटो चल्दैन । जुनसुकै जातीकै भए पनि एकैठाउँमा खाना खाने, सरसहयोग गर्ने दलित सदस्यहरुले अनुभव सुनाउँछन्।
उनिहरु राजनीतिक रुपमा सक्रिय हुँदै अझै उपल्लो पदमा प्रतिस्पर्धा गर्न चाहन्छन् । उनीहरु भन्छन्– सदस्य भइयो, हिम्मत आयो, अब वडाध्यक्षमै उठ्ने हो।उनीहरु भन्छन्, ‘तर, सबै ठाउँमा अझै समानता कहाँ आएको छ र ? हाम्रा हकमा समाज केही लचिलो भयो होला र अझै पनि दलितमाथिको दुब्र्यवहार र असमान सोंच कायमै छ ।
त्यही हटाउन त हामी आइपुगेका छौं ।’महिला सदस्य भएपछि सबैले नेतृत्व विकास भएको सुनाए । बोल्नै नसक्ने अवस्थामा अहिले आफ्ना कुरा राख्न र विषयबस्तुमाथि बोल्न सक्ने भएको उनीहरुको अनुभव छ । ‘पहिले बोल्नै नपरे हुन्थ्यो भन्ने लाग्थ्यो । भरसक नामै नआओस् हुन्थ्यो । आइहाले लाजले रातो पिरो भएर बोल्नै सकिन्थेन,’ बास्मतीले भनिन्, ‘अहिले त ६० प्रतिशत क्षमता विकास ग¥यौं । अरुले पनि नेतृत्व विकास गर्दै हुनुहुन्छ ।’
‘ अध्यक्षमा उठ्ने आत्मबल बढ्यो’
संविधानले नै अनिवार्य व्यवस्था नगरेको भए उनीहरुलाई लाग्छ, ‘राजनीतिमा आउने नै थिएनौं ।’ निर्वाचनताका भोट हाल्नेबाहेक राजनीतिक भूमिकामा थिएनन् ।
स्थानीय तहको निर्वाचनमा उनीहरुले पार्टीको टिकट पाए र चुनावमा होमिए।राजनीतिक विचार, सिद्धान्तको विषयमा थाहा थिएन तर पार्टीको झण्डा लिएर उनीहरु जनताको घरदैलोमा पुगे । ‘राजनीति त बल्ल बुझ्दै छौं,’ उनिहरुले भनिन् । वडाबाट एक–एक जना महिला सदस्य निर्वाचित भएर गाउँ सरकारमा छिरे।यसभन्दा अघि चुनाव लडेको अनुभव थिएन ।
अहिले त,दलितका नाममा छुट्टएिको बजेट कहाँ गयो ? दलित उत्थान कार्यक्रमका लागि केके योजना लैजाने ? दलित समुदायमा केके समस्या छन् ? दलित महिला सदस्यले अहिले खोज्ने गरेका छन् । उनीहरु भन्छन्, ‘सदस्य भइयो । हिम्मत र आत्मबल बढ्यो। अब वडाध्यक्षमै उठ्ने हो ।’
तस्बिर गोल्डेन बुढा ÷






