बर्दियामा चितुवाको आक्रमणबाट तीन जना घाइते


बर्दियामा चितुवाको आक्रमणबाट तीन जना घाइते भएका छन् । राष्ट्रिय निकुञ्ज भित्रबाट आएको चितुवाको आक्रमणबाट ठाकुरबाबा नगरपालिकाको वडा नम्बर ६ बनखेत गाउँका २४ वर्षकी राममाया चौधरी, ५० वर्षका होलुराम थारु र २३ वर्षका हिमाल अधिकारी घाइते भएका शिवपुर उपभोक्ता समितिका अध्यक्ष दीपेन्द्र बुढाले जानकारी दिए ।

घाइते तीनै जनालाई उपचारका लागि नेपालगञ्ज मेडिकल कलेज पठाएको अध्यक्ष बुढाले बताए । उनीहरूलाई घरखेतमा हिँडिरहेका बेला चितुवाले आक्रमण गरेको हो ।

चितुवाको आक्रमणबाट एउटै गाउँका तीन जना घाइते भएपछि स्थानीयवासी त्रसित भएका छन् ।

बर्दियामा चितुवाको आक्रमणबाट तीन जना घाइते

१० महिनामा एक करोड राजस्व संकलन

बर्दियामा चितुवाको आक्रमणबाट तीन जना घाइते

आगामी ५ वर्षमा आर्थिक वृद्धिदर ७ दशमलव