सम्पादकीय : मलामी नेतालाई पनि चाहिएला नि

कालीकोटको राष्कोट नगरपालिकामा कसैको मृत्यु भयो भने मलामी जाने पुरुष छैनन् । हामी केही समय अगाडी यस्तो समाजमा जन्मिएर हुर्कियौं कि जहाँ महिला मलामी त के मलामी जाने मान्छेसम्म पनि हेर्नु हुँदैन भन्ने सामाजिक धारणा थियो । तर अहिले समय र परिस्थिती दुवै फेरिएको छ अहिले भने हाम्रो समाजमा मलामी जाने पुरुष नभएर महिला मलामी गएर मृत शरीरको दाह संस्कार गर्नुपर्ने भएको छ ।
यो त एक स्थान विषेशको उदाहरण मात्र हो तर अहिले कर्णाली र पुरै नेपालमा समेत यो उदाहरण जस्तै घटनाहरु भैरहेका छन् । यो एउटा भयानक विषम परिस्थिती हो जसको मुल्य एक व्यक्ति, परिवार, समाज त प्रभावित हुने नै भए सबैभन्दा बढी प्रभावित सिङ्गो देश नै यो बाट निराकार हुनेछ ।
यसरी लेख्दा, भन्दा र सुन्दा समेत पिडाबोध हुन्छ । तर यो देशको बागडोर सम्हालेकाहरुलाई भने युवा बेच्न अनेकन हत्कण्ठा अपनाएका छन् । जसको परिणाम यिनीहरुलाई अहिले आँकलनसम्म छैन किनकि यिनको बुद्धि अलि लामो भएको भए त वडासम्मले कोरियन, जापानिज, आयल्स पढ्नलाई समेत अनुदान दिने थियनन् । गर्थे त बरु त्यो कति रकम छुट्याएका छन् त्यो रकम यही उद्यम गरिरहेका युवाहरुलाई थप उद्योग विस्तारमा सहयोग गर्थे ।
जसको दुरगामी रिजल्ट भनेको मलामी पनि पाउन छाड्यो गाउँमा भन्ने शिर्षकका समाचारले स्थान पाउने थिएनन । बरु नेपालका युवाहरुले गरेको प्रगति हेर्न देश, विदेशबाट पर्यटकहरु नेपाल आउँथे र दोहोरो विकास हुन्थ्यो यकातिर पर्यटन त, अर्कोतिर उद्यम विकासमा युवाहरुको लोभलाग्दो सहभागिता ।
अनि कसलाई जानुपर्छ कोरिया, खाडी न त दुवै मलेसिया । के देश अब बस्न लायक नै नभएकै हो त ? यदि हो भने हामीमाथी नेतागिरी गरेर यिनिहरु किन बसेका छन् त ? यिनीहरुपनि गय भैगो नि किन बस्ने यिनीहरु जो यो देशका बस्न लाएक नै छैनन् । अझ राईदाँईं यिन्कै छ यहाँ अनि कहाँबाट पाईन्छ त मलामी त्यो पनि पुरुष ? यस्तै अवस्था भएमा महिला पनि केही समयपछि पाईदैनन मलामी यहि अवस्था रहेमा । के यिनलाई नचाहिएला र मलामी ?
देशको अवस्था हेर्दा त जसले युवा बेचेर त्यही रकम पनि भ्रष्टाचार गरेर खाएका छन् तिनलाई नचाहिएला र मलामी ? हुन त यस्तो बनाईसकेकी देशलाई सामाजिक रितिरिवाज, संस्कार, संस्कृती सबै लोप भैसकेको छ । अब यिनलाई किन चाहिन्छ र मलामी भन्ने पनि होला । तर मलामी त राख्नुपर्लानी जहाँ मर्छन त्यहीं कमिला लाग्न दिने चलन त नेपालमा अहिलेसम्म चलेको छैन ।
नेपालीले आफ्नो धर्म, संस्कार र संस्कृति जोगाएर बेबारिसे लासको समेत दाहसंस्कार गर्ने मानवता अँझैं छ नेपाली समाजमा । तर यि देशका युवा बेचुवाहरु हो तिमीहरुलाई पनि चाहिन्छ मलामी । हिन्दु धर्म संस्कार अनुसार मरेपछि जलाउनुपर्छ तिमीलाई पनि जहाँ पुरुष चाहिन्छ महिला चाहिन्छ, युवा चाहिन्छ, आफन्त चाहिन्छ धार्मिक परम्परा अनुसार कुरुवा चाहिन्छ भन्ने कुरा बिर्सियौ कि के हो ? यति लिप्त भए कि पापधर्मको पनि ख्याल नराख्ने नबनन् ।






