प्रयोगविहिन शितभण्डार उद्घाटन नै नभई बिग्रन थाले उपकरण

वीरेन्द्रनगरको बुलबुले कृषि हाटबजारभित्रनिर्माण भएको प्रयोगविहिनशित भण्डार

कर्णालीमाअध्ययनबिनै धमाधम निर्माण भएका शित भण्डार सञ्चालनमा सकस परेको छ । आवश्यक दिर्घकालिन योजनाबिनै कर्णालीमाबनाइएकाअधिकांशशित भण्डार मापदण्डअनुसारका पनि छैनन् । प्र¥याप्तअध्ययनसमेत नगरी बनाइएका शित भण्डार हाल कतै प्रयोगविहिन अवस्थामा छन् । त कतै उद्घाटननै नभई शित भण्डारका मेसिन तथा सामाग्री बिग्रन थालेका छन् ।

कर्णालीका १० वटै जिल्लामा सरकारी अनुदानमा समूह सहकारीले बनाएकासबै शित भण्डारको हालत उस्तै छ । शित भण्डार प्रयोगविहिन भएर उपकरण बिग्रन थालेपछि कर्णाली सरकारको लगानीबालुवामापानीभएको छ । प्रदेश सरकारले मात्रै रुकुमपश्चिममा तीन, सुर्खेतमा तीन (एक निर्माणाधिन), दैलेखमा एक र जुम्लामा एक गरी आठ वटा शित भण्डार निर्माण गरेको छ । तर मुख्य विद्युत लगायत अन्य प्राविधिक समस्याका कारण ति शित भण्डार सञ्चालनमा छैनन् ।

निर्माण भएकाशित भण्डारमाकर्णाली सरकारको ७० प्रतिशत र सहकारीको ३० प्रतिशतलगानी छ । प्रदेशसरकारले शित भण्डार सञ्चालनएवम् व्यवस्थापनकार्यविधि बिनै सञ्चालनको जिम्मासोझै सहकारीलाई दिँदा पनि थप समस्याभएको हो । विभिन्न सरकारी तथा गैरसरकारी निकायको अनुदानमा कर्णालीका गाउँगाउँमा पनि सयौं साना शित भण्डार स्थापना भएका छन् । तर नीजि क्षेत्रबाट व्यवसायीहरुले बनाएका शित भण्डार बाहेक अरु प्रयोगमा आएको देखिँदैन ।

कर्णाली प्रदेश भूमि व्यवस्था कृषि तथा सहकारीमन्त्रालयका प्रवक्ता धन बहादुर कठायतले प्रदेशभर निर्माण भएका शित भण्डारको विद्यमान अवस्था अध्ययन नगरिएपनि विद्युत समस्याका कारण सञ्चालनमा सकस परेको बताए । ‘भएका शित भण्डार राम्रोसँग सञ्चालन नभएको पाइएपछि थप शित भण्डार बनाउने कार्यक्रम रोकेका छौं’ उनले भने, ‘बनेका शित भण्डार के कसरी प्रभावकारी रुपमा सञ्चालनमा ल्याउन सकिन्छ ? कसको भूमिका के रहन्छ ? छलफल हुँदैछ, अब पुराना शित भण्डार प्रयोगमा नआएसम्म नयाँ निर्माणको काम रोकिने छ ।’

उनका अनुसार सुर्खेतको लाटिकोइलीमा निर्माणाधिन अधुरो शित भण्डारको काम पुरा गर्न थप बजेट व्यवस्थापन बाहेक अन्य नयाँ कार्यक्रम छैनन् । यस्तै सुर्खेतको भेरीगंगा नगरपालिका–१० छिन्चुमा र गुर्भाकोट नगरपालिकामा बनेकाशितभण्डार विद्युतकै कारणहाल प्रयोगविहिन छन् ।

त्यस्तै वीेरेन्द्रनगर–११ सुर्खेतको औद्योगिक क्षेत्र भित्र सुर्खेतकाव्यापारीद्वारा निर्माण गर्ने भनिएको शित भण्डार जग निर्माणपछि अलपत्र छोडिएपछि अख्तियारआयोगले१६ जनाविरुद्ध भ्रष्टाचार कसुरमाविशेष अदालत काठमाडौंमामुद्दा दायर गरेको छ ।

बुलबुले शित भण्डारका उपकरण बिग्रिए
सुर्खेतको वीरेन्द्रनगर स्थित बुलबुले कृषि हाटबजारमा स्थापना भएको शित भण्डार उद्घाटननै नभई बिग्रन थालेको छ । निर्माण भएको पाँच बर्ष पुग्दासमेत सञ्चालन त परै जावस उद्घाटनसम्म हुननसक्दाभौतिक संरचना जिर्ण बन्दै गएका छन् भने, मेसिनहरु नचल्ने अवस्थामा छन् । राज्यको करोडौंलगानी खेर जाने अवस्थामा छ ।

निर्माण सम्पन्न भएपछि योशित भण्डार सञ्चालनमा ल्याउने प्रयास भएको थियो । तर सञ्चालनको जिम्मापाएको जिल्ला सहकारी संघ सुर्खेतको नेतृत्वको कमजोरीले शित भण्डार ओझेलमा परेको हो । सहकारी संघले परिक्षणका लागि स्याउ, कागती, आलु लगायतका तरकारी, फलफुल तथा मसलाजन्य वस्तु भण्डारण गरेको थियो । तर पहिलो पटक अक्सिजनफाल्ने मेसिन बिनै भण्डारण गरिएका वस्तु कुहिएपछि व्यापारीहरुले ठुलो घाटा बेहोर्नु परेको थियो । हालबिजुलीलगायतका कारण देखाउँदै यो शित भण्डार पूर्णरुपमाबन्दअवस्थामा छ ।

आर्थिक वर्ष २०७५÷०७६ मा एक करोड ७५ लाख लागतमा बनेको यो शित भण्डार दुई सय मेक्ट्रिन क्षमताको हो । प्रदेश सरकारको एक करोड, वीरेन्द्रनगर नगरपालिकाको २५ लाख र जिल्ला सहकारी संघ सुर्खेतको ५० लाख लगानी रहेको यो शित भण्डारमाथीअख्तियार दुरुपयोग अनुसन्धान आयोगको कार्यालय सुर्खेतले पनि अनुसन्धान गरिरहेको छ ।

भौतिकरुपमातयार यो शित भण्डारमाहावाको चापमिलाउने, च्याम्बरभित्रपानी सप्लाई गर्ने लगायतका मेसिनहरु जडान भएका छैनन् । शित भण्डार सञ्चालनकालागि मेसिनखरिद तथा मर्मतकालागिअझै १५ लाख बढि रकमआवश्यक पर्ने सहकारी संघले जनाएको छ ।

आवश्यक ज्ञान बिनै शित भण्डार निर्माण गर्दा समस्या उत्पन्न भएको जिल्ला सहकारी संघ सुर्खेतका व्यवस्थापक ढाकाराम न्यौपाने बताउँछन् । उनका अनुसार विद्युत भोल्टेज नपुग्नु, विजुलीको बिलमहंगो पर्नु, थप्नु पर्ने मेसिन र मर्मतका लागि आवश्यक बजेट व्यवस्थापन नहुनु लगायत समस्याले शित भण्डार सञ्चालन गर्न सकस परेको हो ।

उनले भने ‘शित भण्डारमा प्रयोग हुने सामग्रीका बारेमा आवश्यक ज्ञान नहुँदा त्यस्ता सामग्रीले कसरी काम गर्छन ?, कति समयमा मर्मत गर्नुपर्ने हो ? भण्डारण कसरी गर्ने ? के के सामाग्री आवश्यक पर्दछन् ? भन्ने जस्ता सामान्य ज्ञानसमेत नहुँदा मर्मत सम्भार र सञ्चालनमा समस्या आएको हो ।’

सञ्चालन नहुनुमा आरोपप्रत्यारोप
बुलबुले शित भण्डारको चार कोठा मध्ये दुई कोठमा अक्सिजनफाल्ने मेसिन जडान हुनबाँकी नै छ । बुलबुले तरकारी हाटबजार विशेष गरी वीरेन्द्रनगरको प्रमुख तरकारी तथाफलफुल बिक्रिहुने स्थानभएकै कारण व्यवसायीतथा कृषकलाई मध्यनजर गरी शित भण्डार निर्माण गरिएको थियो । तर हाल यो शित भण्डार सञ्चालनमाबुलबुले तरकारी हाटबजारभित्रकै व्यापारीहरुले असहयोग गरेको सहकारी संघको आरोप छ ।
बुलबुले कृषि हाट बजारमा सात जनाव्यवसायीले नीजिलगानीमाशित भण्डार सञ्चालनगर्दै आएका छन् । जसले गर्दा पनि सरकारी लगानीको शित भण्डार ओझेलमा परेको छ । तर व्यापारीहरुभने यो शित भण्डार मापदण्ड अनुसार संचालन नभएका कारण वस्तु भण्डारण गर्न उपयुक्त नभएको दावी गर्छन् ।

‘गत बर्ष मैले मात्रै ४० लाखको स्याउ यो शित भण्डारमा राखेको थिए । तर ११ लाख बराबरको मेरो स्याउ कुहियो । एक लाख ४० हजार भाडा तिरे’व्यापारी विशेस धितालले भने, ‘यसरी अव्यवस्थित यो शित भण्डारमा व्यापारीले घाटा खानलाई किन वस्तु राख्ने ?सहकारी संघले यो शित भण्डार चलाउन सक्दैन । तरबुलबुले कृषि बजारलाई हस्तान्त्रण गर्न आवश्यक देखिन्छ ।’

यो शित भण्डार सञ्चालनमा ल्याउन सरोकारवालाले जोड दिएका छन् । तर प्राविधिक कारणबस सञ्चालनमा आउन सकेको छैन । यस शित भण्डार निर्माणको क्रममा कृषि विकास निर्देशनालय सुर्खेतले पनि सहयोग गरेको थियो । ‘हामीले शित भण्डार यथाशिघ्र सञ्चालन होस् भनेर भित्रको ¥याक र बाहिरको एक कोठा बनाइदिएका हौं’ निर्देशक चित्र बहादुर रोकायले भने, ‘भित्रका प्राविधिक समस्याका कारण यस्ता सबै शित भण्डार प्रयोगमा ल्याउन सकस परेको देखिन्छ ।’

बुलबुले कृषि बजजार भित्रको यो शित भण्डार जिल्ला सहकारी संघको भेलाबाट निर्णय गरी सञ्चालनमा ल्याउने वा सहकारी संघले नेतृत्वगर्न नसक्ने भए समयमै अन्य निकायलाई हस्तान्त्रण गर्न जरुरी छ । अलपत्र शित भण्डार सञ्चालनपछि कर्णालीमा उत्पादित कृषिजन्यवस्तु भण्डारण तथा बजारीकरणमा सहजमात्रै हुनेछैन । किसानको जीवनस्तर समेत माथी उकास्ने देखिन्छ ।

यता कर्णाली सरकारका भूमिव्यवस्था कृषितथा सहकारी मन्त्रीभिमप्रकाशशर्माले शित भण्डारको निरिक्षण गरी प्राविधिक अध्ययनपछि सञ्चालन र व्यवस्थापनमाविशेष योजनाबनाउने बताए ।उनकाअनुसार प्रयोगविहिन शित भण्डार सञ्चालनकालागि अध्ययनपछि मन्त्रालयले थप सहयोग गर्नेछ ।

प्रयोगविहिन शितभण्डार उद्घाटन नै नभई बिग्रन थाले उपकरण

सम्पादकीय : व्यवसायीको सम्पत्तिमा नगरपालिकाबाट तोडफोड

प्रयोगविहिन शितभण्डार उद्घाटन नै नभई बिग्रन थाले उपकरण

विद्यार्थीहरूका हातमा पुगेन पुस्तक