पाटनमै ज्यान गुमाउँदै यार्सा संकलनकार्ता

बहुमुल्य जडिबुटी यार्सा संकलनका लागि जादा गतवर्ष वैशाख २२ गते जुम्लाको पातारासी गाउँपालिका–२ तल्फि गाउँका तीन जनाको मृत्यु भयो ।

भने सोही गाउँपालिका –३ का गतवर्ष वैशाख २५ गते एक जना बेपत्ता भए । पातारासी गाउँपालिकाका निमित्त प्रमुख प्रशासकीय अधिकृत लोक बहादुर रावलका अनुसार मृत्यु हुनेमा वीर बहादुर बोहोरा,तारासिंह सार्की र पुर्ण सार्की हुन्। बेपत्ता हुने बलबहादुर बोहोरा छन् ।

अहिलेसम्म उनको अतोपतो छैन । यस्तै ०७६ साल जुम्लाको गुठिचौर गाउँपालिका –५ कुम्डी गाउँका २५ वर्षका गौरी भण्डारीको मृत्युु भयो । भने यो वर्ष अथार्त यहीँ वैशाख २७ गते जुम्लाको पातारासी गाउँपालिका–३ चौर गाउँका २६ वर्षीय सुर्ज रावतको लेक लागेर मृत्यु भयो ।

यार्सा टिपेर पैसा कमाउने लोभले केही दिनअघि मुगुम कार्मारोङ गाउँपालिकाको पाटनतर्फ जाँदै गरेका उनको लेक लागेर बाटोमै ज्यान गएको हो । उक्त गाउँपालिका–१ स्याला गडिगाँउकि विष्णुमाया ऐडिको डोल्पा पाटनमा निधन भयो।यार्सा संकलन गर्न गएका बेला डोल्पाको प्यारी गुफा लेकको माथिबाट अचानक आएको ढुङ्गा खसेर टाउकोमा चोट लाग्दा उनको ज्यान गएको हो ।

लेकको माथिबाट ढुङ्गा खसेर टाउकोमा चोट लागेर वडाध्यक्ष लालसिंह ऐडि बताउँछन् । गाउँपालिकाले दुई तीन महिना यार्सा टिप्न जानेहरुकाले जीवन बिमा गर्नुपर्ने स्थानीय ताराबहादुर बोहोराले बताए ।

उनीहरु जस्तै जाजरकोट जिल्लाको बारेकोट गाउँपालिका–१ का १९ वर्षीय देवेन्द्र गुरुङ पनि यार्सा टिप्न पाटन जाँदै थिए । उनको पनि लेक लागेर बाटैमा मृत्यु भयो । यार्सा खोज्न पाटन उक्लिने स्थानीयले वर्षेनि यसैगरी अकालमा ज्यान गुमाउने गरेका छन् ।

समुद्री सतहदेखि ४५ सय देखि ५५ सय मिटर उचाइको हिमाली क्षेत्रमा यार्सा खोज्न गएकाहरु हाइअल्टिच्यूटका कारण लेक लागेर बान्ता हुने, टाउको दुख्ने, रिंगटा लाग्ने जस्ता कारणले बिरामी हुने र तत्काल उद्धार हुन नसके ज्यान जाने गरेको छ ।

मुगुको पाटन क्षेत्रमा वर्षेनि लेक लागेर, हिम पहिरोमा पुरिएर वर्षेनि २ देखि ३ जनाले ज्यान गुमाउने गरेको ऐडीले बताए । पातारासी गाउँपालिकामा यार्सा टिप्न जाँदा धेरै जनाले ज्यान गुमाएको उनको भनाइ छ ।

यस्तै डोल्पा जिल्लाका पाटनहरुमा यार्सा संकलनका लागि गएका चार जना युवाहरु अलपत्र परेका छन् । जुम्लाको पातारासी गाउँपालिका – ३ का चार जना युवाहरु डोल्पाको साल्दाङ फोतगाउकक पासु क्याम्पमा अलपत्र परेका हुन्। पातारासी ३ मोहरीगाउककका ओमप्रकाश बुढा र जय बुढा, चौर गाउककका हिरालाल रावत र चन्नलाल रावत अलपत्र परेका हुन् ।

चार जनामध्ये ओमप्रकाश बुढा लेक लागेर बिरामी छन् । बिरामी परेका ओमप्रकाशको तल्लो शरीर नचलेको उनको भनाइ छ । डोल्पामा पनि उच्च हिमाली भेगमा यार्सा टिप्न जाँदा लेक लागेर र हिउँ पहिरोमा परेर वर्षेनि ३ देखि ४ जना ज्यान गुमाउने गरेका शे–फोक्सुण्डो राष्ट्रिय निकुञ्ज कार्यालयका बरिष्ठ संरक्षण अधिकृत विश्वबाबु श्रेष्ठले बताए ।

सीमित खाना खर्च र यार्सा टिप्ने औजारबाहेक आफ्नो ज्यान सुरक्षाको निम्ति औषधि बोकेर नजाँदा लेक लागेर ज्यान जाने गरेको छ । पाटन क्षेत्रमा अक्सिजन अभावले गर्दा लेक लाग्ने र ज्यान जाने स्वास्थ्यकर्मी बताउँछन् ।

बिशेष गरेर दम, मुटु, श्वासप्रश्वास सम्बन्धी बिरामी यार्सा टिप्न पाटन जाँदा लेक लाग्ने बढी सम्भावना हुने मुगु जिल्ला अस्पतालमा कार्यरत चिकित्सक डा. अर्जुन भामले बताए । यार्सा संकलकले सकभर एसिटाजोलामाईड नामक औषधि बोकेर जानुपर्ने र लेक लाग्ने बित्तिकै उक्त औषधि सेवन गर्दा जोखिमबाट बच्न सकिने भामले बताए ।

लेक लागेर बिरामी हुँदा केही घण्टाभित्रै बिरामीलाई बेंसीतर्फ ल्याउँदा जोखिम कम हुने चिकित्सक बताउँछन् । यार्सा टिप्न पाटन जाँदा स्थानीयले झोलिलो, अमिलो पिरो खाने कुरा बोकेर लैजानुपर्ने चिकित्सकको सुझाव छ । ६० वर्ष माथिका बुढापाकालाई पनि लेक लाग्ने खतरा हुने गरेको छ ।

पाटनमै ज्यान गुमाउँदै यार्सा संकलनकार्ता

युवामा जागरण नआए परिवर्तन सम्भव छैन

पाटनमै ज्यान गुमाउँदै यार्सा संकलनकार्ता

लागु औषध (चरेश) मुद्दाका फरार प्रतिवादी पक्राउ