सवल शिक्षक हुन खगेन्द्रदेव भारती


बुवा छविलाल भारती आमा कालिका भारतीका ५ भाई २ बहिनी मध्ये सबैभन्दा जेठा खगेन्द्रदेव भारती वि.स. १९९८ बैशाख ८ गते आइतवार हालको वी.न.पा.–४, गोठीका“डा मध्ययम परिवारमा जन्मनु भएको थियो । ६ बर्षको उमेरमा गुरुकुल शिक्षा अध्ययन गराउने पहिलो गुरु अमर गिरीद्धारा शुरु गर्नुभएको थियो । अध्ययन साधन काठको पाटी अंगार मोस्याएर सिम्ता बजेडीचौरबाट खरी ढुङ्गाको पार्टी ल्याएर लेख्ने पढ्न थाल्नुभएको थियो ।

१२ बर्ष हु“दा हालको जन मा.वि. त्यो बेलाको पब्लिक मिडिल स्कुल गोठीका“डा कक्षा–३ बाट अध्ययन गरी त्यहीबाट ७ कक्षा उत्र्तिण गर्नुभएको हो । त्यो अध्ययन गराउने शिक्षक मदन भट्ट, देविदत्त कोइराला, लिलाधर गौतम रहनुभएको थियो । ८ कक्षा पास गरेपछि डिस्ट्रिक सोल्जर बोर्ड राम्रीका“डा पढाएर नर्मल शिक्षा तालिम गर्न पुग्नु भयो । दैलेख जि.शि.नि. अफिसले सरकारले जहा“ अध्ययन गराउन जानु भन्छ त्यहि जानु पर्छ भनेकाले सिम्ता राकम प्रा.वि. अध्ययन गराउन जानु भएको थियो ।

त्यो विद्यालय राम्रो प्रकारले सञ्चालन हुन नसकेपछि सिम्ता साहुखोला गै अध्ययन एक बर्ष गरी ने.रा.प्रा.वि. स्विकृती गराएर श्री शिव ने.रा.प्रा.वि. बजेडीचौर अध्ययन गराउन जानु भएको थियो । डेढ बर्ष बजेडीचौर अध्ययन गराएपछि उहा“को सरुवा ने.रा.प्रा.वि. चुनपानी सिम्ता जानु भएको थियो । त्यो समयमा राम्रो अध्ययन गराउने दिलाउन सफल हुनु भएको थियो । त्यो समयमा सिम्ता बैसपानी प्रा.वि. स्विकृत भएपनि विद्यार्थी नहु“दा अस्तव्यस्त थियो । त्यो विद्यालय सरुवा गरी दिएपछि विद्यार्थी जम्मा गरी सञ्चालन गर्न पुग्नु भएको थियो । त्यहा“बाट पनि एक बर्ष पछि पुनःराकम सरुवा गरी दिएपछि दोस्रो पटक अध्ययन गर्न जानुभएको थियो ।

त्यसपछि टाढा बस्नु पर्ने घरवाई नहुने भनि राजीनामा दिन पुग्नुभएको थियो । जि.शि.नि. कार्यालयले राजीनाम स्विकृत नगरी नजिक जानु भनि ने.रा.प्रा.वि. मेहलकुना सरुवा गरेपछि ५ महिना अध्यापन गरी सरुवा लिएर हालको त्रिपुरेस्वर उच्च मा.वि. तत्कालिन प्रा.वि.मा सरुवा भएर आउनु भएको थियो । त्रिपुरेस्वर प्रा.वि. लाई नि.मा.वि. स्विकृत गराउन उहा“को अहंम भूमिका रहेको थियो । त्यो विद्यालयबाट पनि आफ्नै बुवाले जग्गा दानमा स्थापना गराउनु भएको छवि प्रा.वि. वीरेन्द्रनगरमा सरुवा भै त्यही अध्यापन गराउँदै उमेर ६० हु“दा निवृत्त हुनुभएको छ।

विवाह २०१४ साल असार ७ गते आफु १६ बर्ष श्रीमती ११ बर्षकी जगत कुमारी भारतीसंग मागी विवाह गर्नुभएको थियो । भारती जि. का एक श्रीमतीबाट तिन बहिनी छोरी रहेका छन् । तिनै छोरी जेठी टिका गिरी, माइती खड्क गिरी, कान्छी रिता भारती रहेकी छिन् । तिनै छोरी आ–आफ्नो वैवाहिक बन्धनमा रहेकी छिन् । जेठी शिक्षा क्याम्पस सुर्खेतमा प्रशासन सुब्वा छिन । माइली व्यापार व्यवसाय र कान्छी स्वास्थ्य चौकी उत्तरगंगामा अनमी कार्यरत छिन् । छोरा नभएपछि छोरीलाई छोरा सरह सम्मान दिने गर्नुभएको छ ।

२०४६ साल पुनःबहुदलिय प्रजातन्त्र प्राप्तपछि एमाले पार्टीको सदस्य प्राप्त गरी निर्वाचनमा एमाले उम्मेदवारलाई मत दिँदै आउनु भएको छ । एमाले पार्टीको जिल्ला परिषद् सदस्य पनि निरन्तर रहँदै आउनु भएको छ । छवि नि.मा.वि. कालागाउ“मा छात्रवृत्ती अक्षयकोषको लागि एक लाख एक सय एक रुपौयाँ राखी दिनुभएको छ । जिल्ला शिक्षा समिति, शिक्षणको अन्तिम समयमा शिक्षा सम्मान पत्र, ने.शि.सं. जिल्ला सुर्खेतले सम्मान पत्रबाट सम्मानित हुनु भएको छ ।

वहुदलिय प्रजातन्त्र लोकतान्त्रिक गणतन्त्र पछिल्लो कालक्रममा उत्तम व्यवस्था मानिएको छ । हाम्रो ३५ बर्षेय गणतन्त्र अफै शुशासन गति लिन सकेको छैन् । राजनीतिक नेतृत्व सामान्ती चिन्तनबाट उठ्न नसकेकोले अनेकौं विकृतीका घट्नाहरु राज नेतृत्व रहने र कर्मचारीतन्त्र बाट हुने विकृतीहरु पनि सञ्चार खुला भएको बाहिर आइरहेका छन् । लामो समयसम्म सामन्ती राज्य व्यवस्था रहेको हाम्रो समाज प्रजातन्त्रमा प्रजातान्त्रिक हुन त समय त लाग्ला त्यो दिशा तिर अब छिटो उन्मुख हुनुपर्ने जरुरी देखिन्छ ।

यही अब राजनीतिक आडमा विभिन्न विकृती हु“दै गए त्यसको निराकरण हुन नसके कुनै प्रकार द्धन्द्व फेरी हुन सक्छ ? त्यसतर्फ सबै पार्टी नेतृत्व चनाखो हुन जरुरी छ । त्यस्तै आज जनप्रतिनिधीले तलव मासिक खाने नीति, नियम बदलेर होल टाइमरले मासिक भत्ता लिने अन्य बैठकमा मात्र उपस्थित हुनेले बैठक भत्ता, यातायात खर्च मात्र लिएर अन्य खाली समयमा अन्य व्यवसाय गर्नु राम्रो हुन्छ । संसदमा उपस्थित हुने होहल्ला मच्चाउने बहिस्कार गर्ने बर्षमा आर्थिक विधेयक मात्र पास गर्ने पार्टीहरुको शोच बदलेर सहमती, सहकार्य गरेर देश सम्वृद्धि तिर उन्मुख गराउनु पर्छ भन्ने दुर सन्देश दिनुहुन्छ । हाल वी.न.पा.–४ भैरवस्थान घरमा श्रीमतीसंग र कहिले काही“ छोरीहरुको घरमा समय बिताउँदै आउनुभएको छ ।

सवल शिक्षक हुन खगेन्द्रदेव भारती

ज्वाला ट्रेडर्सको गोदाममा आगलागी

सवल शिक्षक हुन खगेन्द्रदेव भारती

करेन्ट लागेर बाख्रा चराउन गएकी बालिकाको मृत्यु