ज्वाला ट्रेडर्सको गोदाममा आगलागी


वीरेन्द्रनगरको ज्वाला ट्रेडर्सको गोदाममा आगलागी भएको छ । आइतवार दिउँसो करिव २ बजेको समयमा आगलागी भएको हो ।
गोदाममा लागेको आगलागी अहिले भने नियन्त्रणमा आएको छ । वीरेन्द्रनगर–६ खोर्केखोला नजिकै रहेको ज्याला ट्रेडर्सको गोदाममा लागेको आगो दुई घण्टापछि नियन्त्रणमा आएको हो ।
आगो निभाउन वीरेन्द्रनगर नगरपालिकाको दमकल, नेपाल प्रहरी, सशस्त्र प्रहरी, नेपाली सेना र स्थानीयको सहयोगमा आयो नियन्त्रणमा आएको जिल्ला प्रहरी कार्यालय सुर्खेतले जनाकारी दिएको छ ।
आगालागीबाट भएको क्षतीको यकिन विवरण आइसकेको छैन् । आगलागीबाट गोदममा राखिएको कलर, पाइप र नजिकै रहेको यज्ञपिस बोर्डिङ स्कुलमा क्षती पुगेको छ ।
चार हजार लिटर क्षमताको नगरपालिकाको दमकलको पानी सकिएपछि आगो निभाउन नेपाल आयल निगमको दमकल, डिभिवन वन कार्यालयको ट्यांकर र नगरपालिकाको ट्यांकरसमेत खटाइएको थियो । आगलागीको कारण भने खुलेको छैन् ।






