जुम्ला–डोल्पा सडक निर्माण तिव्र गतिमा अगाडि बढ्दै

जुम्ला
मनाङ–मुस्ताङ–डोल्पा–जुम्ला सड्क अन्तर्गत जुम्लादेखि डोल्पासम्मको सडकखण्ड निर्माण तीव्र गतिमा बढिरहेको छ । सडक डिभिजन कार्यालय जुम्लाका अनुसार दुई जिल्लाको सीमा क्षेत्र मौरे लेकको विभिन्न स्थानमा काम निरन्तर रूपमा अगाडि बढिरहेको छ । सडक डिभिजन कार्यालय प्रमुख दीपेन्द्र विष्टले जुम्लादेखि डोल्पाको मौरे लेकसम्म ४३ किलोमिटर रहेको बताए।

उनका अनुसार छिनासाँघुदेखि दानसाँघु ३।५ किमीसम्म कास्यप निर्माण सेवाले निर्माण कामको जिम्मा लिएको छ । यस्तै दानसाँघुदेखि झारज्वाला ३।५ किमीसम्म थोदुङ कन्स्ट्रक्सन, बाबिखोलादेखि मौरे लेखसम्म अर्घाखाची–महेश जेभीले काम गरिरहेको उनले बताए।यस क्षेत्रमा अर्को निर्माण कम्पनीले काम गरिरहेको सडक डिभिजन कार्यालयले जनाएको छ।

डिभिजन कार्यालयका अनुसार ४३ किलोमिटर सडक क्षेत्रको विभिन्न स्थानमा ठेक्का गर्नका लागि २३ करोड ५३ लाख रुपियाँ सम्झौता भएको छ । हालसम्म ८ करोड ५२ लाख रुपियाँ मात्र भुक्तानी भएको तर अन्य रकम केन्द्रबाट नआएपछि समस्या छ ।

कार्यालयमा काम सम्पन्न गरेको बिल आएका छन्।तर रकम अभावले भुक्तानी गर्न कठिनभएको छ । सूचना अधिकारी चित्र चौलागाइको अनुसार काम सम्पन्न गरिसकेको क्षेत्रमा समेत रकम अभावले भुक्तानी गर्न सकिएको छैन ।

जुम्ला–डोल्पा सडकमा चार स्थानमा पक्की पुल निर्माण गर्ने डिपिआर निर्माण भए पनि रकम अभावले ठेक्का खोल्न सकिएका छैनन् । कच्ची सडक खनेपछि भने त्यस क्षेत्रमा मालवाहक ट्याक्टर तथा साना सवारी गुडिरहेको उनले बताए।

प्रदेशबाट १४।५ किमी ग्राभेल 
यसै गरी जुम्ला–डोल्पा सडक क्षेत्रको झारज्वालादेखि गुठीचौरसम्मको १४।५ किलोमिटर पूर्वाधार विकास कार्यालयले काम गरिरहेको छ । कर्णाली प्रदेश सरकार भौतिक पूर्वाधार मन्त्रालय अन्तर्गतको बजेट तथा योजना कार्यक्रम अन्तर्गत सो क्षेत्रमा ग्राभेल सडक निर्माणको काम भइरहेको हो।निधार पुल झारज्वालादेखि गुठीचौर लाग्नासम्म पूर्वाधार विकास कार्यालयले काम गरिरहेको छ ।

उनका अनुसार जुम्ला–चोत्र–काइगाउँ डोल्पा सडक नामकरण गरिएको उक्त सडकमा वल्र्ड वाइड सुनकोशी जेभी निर्माण व्यवसायी कम्पनीबाट ठेक्काको काम भइरहेको छ ।त्यस क्षेत्रमा ग्राभेल, प्लम स्ट्रक्चर, ग्याबिन स्ट्रक्चर र चौडा गर्ने काम भइरहेको छ । उक्त कार्यका लागि  १७ करोड रुपियाँ बजेटमा सम्झौता भएको र ४ करोड ५० लाख रुपियाँ भुक्तानी गरिसकेको सूचना अधिकारी टेकबहादुर हितानले बताए।

जुम्ला–डोल्पा सडक निर्माण तिव्र गतिमा अगाडि बढ्दै

YUGAAWHAN NATIONAL DAILY (2080-09-29)

जुम्ला–डोल्पा सडक निर्माण तिव्र गतिमा अगाडि बढ्दै

मोटरसाइकलकाे ठक्करबाट महिलाको मृत्यु