तीन वटा बस्तीमा विद्युत् सेवा अवरुद्ध


सिमकोट र नाम्खा गाउँपालिकाका तीन वटा गाउँमा विद्युत् आपूर्ति बन्द भएको छ । आइतबार बेलुकाबाट विद्युत् आयोजनाको पावर हाउसको मेशिनमा जडान गरिएको फिता छुटिए पछि विद्युत् आपूर्ति बन्द हुँदा ती गाउँ अन्धकारमा रहँदै आएका हुन् ।

हाल नाम्खा गाउँपालिका– ३ को खगालगाउँमा रहेकी पत्रकार छपाल लामाले छोईपुग लघु जलविधुत योजनाको पावर हाउसको मेशिनमा जडान गरिएको फिता चुँडिएपछि विधुत आपूर्ति बन्द हुँदा सिमकोट र नाम्खा गाउँपालिकाका तीन वटा गाउँमा विधुत सेवा बन्द भएको बताईन ।

२८ किलोवाट विद्युत् उत्पादन रहेको उक्त विद्युत् योजनाको मेशिनको फिता एक्कासी चुटिएपछि विद्युत् आपूर्ति बन्द भएको हो । यसबाट नाम्खा गाउँपालिका–३ को लामा खोल्सीमा तीस घरधुरी, खगालगाउँका नब्बे र सिमकोट गाउँपालिका– ८ को खोल्सी गाउँका १६० घरधुरी गरि २८० घरघुरीमा अन्धार छाएको छ ।

विद्युत् आपूर्ति भन्द भएको बताउँदै गाउँपालिका उपाध्यक्ष तकदिर लामाले नयाँ फिता नल्याउन्जेलसम्म विद्युत् सुचारु नहुने बताए । विद्युत् आपूर्ति बन्द भएपछि सल्लाको दियालो बाल्नुपर्ने बाध्यता स्थानीयलाई आइलागेको हो ।

तीन वटा बस्तीमा विद्युत् सेवा अवरुद्ध

ट्याक्टर दुर्घटनाबाट घाईते थप ३ जनाको मृत्यु

तीन वटा बस्तीमा विद्युत् सेवा अवरुद्ध

हङ्गकङ बजार’ अब राजमार्ग छेउमा सञ्चालन हुने