स्वास्थ सम्बन्धि समन्वय समिक्षा तथा योजना तर्जुमा गोष्ठी


कालिकोटको सदमुकाम मान्ममा स्वास्थ सम्बन्धि समन्वय समीक्षा र योजना तर्जुमा गोष्ठीको आयोजना गरिएको छ ।स्वास्थ सम्बन्धि निति तथा रणनीति माथि छलफल,स्थानीय तहमा रहेका स्वास्थ समस्या तथा चुनौती माथि छलफल एबं समाधानका बिषय र जिल्ला स्वास्थ कार्यालयले हाल सम्म गरेका क्रियाकपाल तथा आगामी योजना बारे जानकारी दिने लक्षका साथ गोष्ठीको आयोजना गरिएको जनस्वास्थ्य अधिकृत कटक महतले जानकारी दिएका छन् ।

स्वास्थ सेवा कार्यालय कालिकोटको आयोजनामा “स्थानीय तहका जनप्रतिनीधि, प्रमुख प्रशासकीय अधिकृत र स्वास्थ्य संयोजकको सहभागीतामा स्वास्थ्य सम्बन्धी २ दिने समन्वय बैठक समिक्षा र योजना तर्जुमा गोष्ठी“ संचालन भएको छ ।स्वास्थ सेवा कार्यालय कालिकोटका डाक्टर संकेत बिश्वकर्माको अध्यक्षतामा कार्यक्रम भएको छ ।

कार्यक्रममा कालिकोटका ९ वटै स्थानीय तहका प्रमुख,प्रतिनिधि ,प्रशासकिय अधिकृत तथा स्वास्थ शाखाका प्रमुख प्रतिनिधिको सहभागिता रहेको छ ।

कार्यक्रममा स्वास्थ बिकासको आधार,स्वास्थ सम्बन्धि नितिगत ब्यवस्था,बर्तमान अबस्था ,दिगो बिकास लक्ष, स्वास्थमा पहुँच र प्राथमिकताहरु बारे सहभागिलाई जानकारी दिने डाक्टर संकेत बिश्वकर्माले बताए ।

स्वास्थ सम्बन्धि समन्वय समिक्षा तथा योजना तर्जुमा गोष्ठी

वीरेन्द्रनगरमा २० वर्षीय युवक झुन्डिएको अवस्थामा मृत