सहकारी महासंघको सञ्चालकमा कर्णालीबाट योगी र बराल

देशैभरीका सहकारी संस्थाहरुको साझा छाता संस्था राष्ट्रिय सहकारी महासंघमा कर्णाली प्रदेशबाट केन्द्रीय सञ्चालक समिति सदस्यमा दुई जना चयन भएका छन् । महासंघको ३१ औं साधारणसभा तथा चुनावी सभाबाट सुर्खेतका सहकारी अभियान्ता हरिहरनाथ योगी र कालीकोटका सहकारी अभियान्ता तथा पूर्व जनप्रतिनिधि काँशिचन्द्र बराल सञ्चालक सदस्यमा चयन भएका छन् ।

२५ जनाको केन्द्रीय सञ्चालक समितिमा २ जनाले कर्णाली प्रदेशबाट प्रतिनिधित्व गरेका छन् । सहकारी अभियान्ता योगी जनहितकारी बचत तथा ऋण सहकारी संस्था लि.का संस्थापक अध्यक्ष हुन उनले २५ बर्षदेखि उक्त सहकारीको नेतृत्व गर्दै आएका थिए । त्यसैगरी विगत १४ बर्षदेखि राष्ट्रिय सहकारी बैंकको सञ्चालक पदमा रहेर कार्य गरेको अनुभव छ ।

त्यसैगरी भुगोलबाट केन्द्रीय सदस्यमा चयन भएका कालीकोटका बराल हिमचुली कृषि सहकारी संस्थाका संस्थापक अध्यक्ष तथा राष्कोट नगरपालिकाका पूर्व नगर प्रमुख हुन । शनिवार राजधानीमा सम्पन्न महासंघको निर्वाचनले नेकपा एमालेका नेतृ समेत रहेकी ओमदेवी मल्लको नेतृत्वमा महासंघको नयाँ सञ्चालक समिति चयन गरेको छ । ३ जना लेखा सुपरिवेक्षण समिति र २५ जना सञ्चालक समिति सहित महासंघको कूल २८ जना केन्द्रीय सञ्चालक समिति सदस्य चयन गरिएको हो ।

महासंघको अध्यक्षमा ओमदेवी मल्ल, वरिष्ठ उपाध्यक्षमा रमेशप्रसाद पोखरेल, उपाध्यक्षहरूमा खेमबहादुर पाठक, डीबी बस्नेत र इन्दिरा पन्त सर्वसम्मत भएका छन् । यस अघिसम्म महासंघमा १ वरिष्ठ उपाध्यक्ष र २ उपाध्यसहित ३ जना उपाध्यक्ष रहने व्यवस्था भए पनि ३१ औँ साधारणसभामार्फत विधान संशोधन गर्दै ३ जना उपाध्यक्ष रहने व्यवस्था गरेको हो ।

त्यसैगरी महासंघको सञ्चालकहरूमा टेकप्रसाद चौंलागाई, हुमाकुमारी जिसी (अन्जु), बद्रीप्रसाद लम्साल, काशीचन्द्र बराल, परितोष पौड्याल, हरिहरनाथ योगी, माधवप्रसाद जोशी, शम्भुप्रसाद, छत्रप्रसाद रिमाल, पार्वती न्यौपाने, टिका न्यौपाने, नथुनी यादव, प्रेमप्रसाद सुवेदी जैसी, सुमन नेपाल, होमनाथ जैसी, एकता शाह, योगमाया सुवेदी, शारदा दाहाल, कमला कुमारी र सुवेदी पौडेल चयन भएका छन् । महासंघको तीन सदस्य लेखा सुपरिवेक्षण समितिमा संयोजकमा भीम तुलाचनसहित सदस्यहरूमा अमरनाथ न्यौपाने र हेमकुमारी अधिकारी निर्विरोध निर्वाचित भएका छन् ।

सहकारी महासंघको सञ्चालकमा कर्णालीबाट योगी र बराल

जीवनज्योति सहकारीको अध्यक्षमा थापा, गत बर्षको नाफा

सहकारी महासंघको सञ्चालकमा कर्णालीबाट योगी र बराल

YUGAAWHAN NATIONAL DAILY (2080-09-28)