मोटरसाइकल चोरी गर्ने दुईजना पक्राउ

वीरेन्द्रनगरमा मोटरसाइकल चोरी गर्ने दुई जनालाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा दैलेखको नौमुले गाउँपालिका–८, का नचिन चन्द र सप्तरीको कन्चनपुर नगरपालिका–४, का देवा सारदार रहेका छन् ।

उनीहरूले वीरेन्द्रनगर नगरपालिका–३, का सूर्यबहादुर बस्नेतको घरमा पार्किङ गरी राखेको मोटरसाइकल चोरी गरेका थिए । आइतबार राती चोरी गरेका उनीहरूलाई वीरेन्द्रनगर नगरपालिका–३ को तातापानीबाट पक्राउ गरिएको प्रहरीले जनाएको छ ।

देवा सरदारले मोटरसाइकल चलाएर लगिरहेको अवस्थामा फेला पारिएको जिल्ला प्रहरी कार्यालय सुर्खेतका एसपी एवम् प्रहरी उपरीक्षक रुपेश खड्काले जानकारी दिए । उनीहरूमाथि आवश्यक अनुसन्धान भइरहेको छ ।

मोटरसाइकल चोरी गर्ने दुईजना पक्राउ

राष्ट्रियसभाको अध्यक्षमा दाहाल निर्वाचित

मोटरसाइकल चोरी गर्ने दुईजना पक्राउ

रारामा कर्णाली प्रदेशस्तरीय कबड्डी प्रतियोगिता हुने