विश्व रेडियो दिवसको अवसरमा कुरिती विरुद्धको सन्देश


जुम्लाका सामुदायिक रेडियोले १३ औँ विश्व रेडियो दिवसका पूर्वसन्ध्याका अवसरमा कुरितीविरुद्ध जनचेतनामुलक कार्यक्रम सञ्चालन गरेका छन् । रेडियो कर्णाली, रेडियो माउन्टेन, रेडिया नारी आवाज र रेडियो खुला आकास जुम्लाले कुरिती विरुद्धको सन्देशमुलक कार्यक्रम गरेका हुन्।फागुन २ गते विश्व रेडियो दिवसको अवसरमा सामुदायिक रेडियोले बाल विवाहविरुद्ध सन्देशमुलक देउडा, लागुऔषध दुव्र्यसनि तथा रोकथामका विषयक दोहोरी प्रतियोगिता, जेष्ठ नागरिकलाई सम्मान र निजामति कर्मचारी तथा पत्रकारहरुका बिचमा मैत्रीपूर्ण फुटबलको आयोजना गरेका छन् ।

समाजमा कुरितीका रुपमा रहेको बाल विवाह र लागुऔषधका बारेमा गीतका माध्यमबाट सन्देशमुलक देउडा र दोहोरी प्रतियोगिताको आयोजना गरिएको रेडियो कर्णाली जुम्लाका स्टेशन म्यानेजर गोर्खवहादुर थापाले बताए । उनले भने समाजमा रहेको कुरितीका विषयमा दिवसलाई लक्षित गरि सन्देश दिन खोजिएको हो ।

देडामा २० वटा समूह र दोहोरीमा ६ वटा समूहको सहभागिता रहेको छ । माघ २८ गतेदेखि सुरु भएको प्रतियोगिता फागुन २ गते दिवसका अवसरमा समापन गरिने थापाले बताए । प्रतियोगिताको पहिलो दिन १० वटा समूहका बिच देउडा भएकोमा ५ वटा समूह विजयी भएका छन् । जुनतारा आमा समूह र देउती आमा समूहका बिच भएको प्रतियोगितामा देउती आमा समूह विजेता भएको छ ।यस्तै तलिउम देउडा समूह र सुरक्षित आमा समूहका बिच भएको प्रतिस्पर्धामा सुरक्षित आमा समूह विजेता भएको छ ।

यसैगरी, दुनेला आमा समूह र पञ्च देवल देउडा समूहका बिच भएको प्रतियोगितामा पञ्च देवल देउडा समूह विजेता भएको छ । भगवति आमा समूह र ढाँणथपाला पुरुष देउडा समूहका बिच प्रतिस्पर्धा भएकोमा भगवति आमा समूह विजेता भएको छ।परिवर्तन आमा समूह र सहिद गेट देउडा समूहका बिच भएको प्रतियोगितामा शहिद गेट देउडा समूह विजेता भएको छ ।

प्रतियोगिताको दोस्रो दिन सोमबारका दिन समाज सुधार देउडा समूह र गुरुदेव आमा समूह बिच पहिलो प्रतियोगिता हुने छ । यस्तै दोस्रो प्रतिस्पर्धा कार्तिकस्वामी महिला समूह र सहकर्मी महिला बहुउदेशिय सहकारी संस्था बिच हुने छ।तेस्रो प्रतियोगिता ढाँणथपला देउडा समूह र कैलाश आमा समूह पातारासि ३ का बिच हुने आयोजनकले जनाएको छ ।

चौथो प्रतियोगिता दिदि बहिनी देउडा समूह चन्दननाथ ३ र कल बिष्न आमा समूह चन्दननाथ ३ का बिच प्रतिस्पर्धा हुने भएको छ । पाँचो प्रतियोगिता मालाभिड महिला समूह चन्दननाथ ४ र बिष्णु मन्दिर समूह चन्दननाथ ३ बिच हुने बताईएको छ ।यसैगरी, चिमारा मालिका दोहोरी समूह गुठीचौर ४ र राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठानका बिच दोहोरी प्रतियोगिता हुने छ । जातिभिड दोहोरी समूह चन्दननाथ ८ र तिर्खु दोहोरी समूहका बिच पनि प्रतिस्पर्धा हुने छ । आचर्यावाडा दोहोरी समूह चन्दननाथ १ र कार्तिकस्वामी दोहोरी समूह चन्दननाथ १० का बिच प्रतिस्पर्धा हुने आयोजकले जनाएको छ ।

विश्व रेडियो दिवसको अवसरमा कुरिती विरुद्धको सन्देश

जनयुद्धलाई अस्वीकार गर्ने प्रवृतिबाट सचेत बनौंःनेता शाही

विश्व रेडियो दिवसको अवसरमा कुरिती विरुद्धको सन्देश

सम्पादकीय: ठेकेदार कारवाहीको दायरामा ल्याऊ