वैकुण्ठधामका लागि चार दिनमै एक करोड बढी सङ्कलन

नेपालगञ्जमा सञ्चालित वैकुण्ठधाम आध्यात्मिक महोत्सवको चार दिनमै एक करोड बढी सङ्कलन भएको छ । बाँकेको डुडुवा गाउँपालिका–५ सिधनियाघाटमा प्रस्तावित वैकुण्ठधाम निर्माणको सहयोगार्थ नेपालगञ्जमा यही कात्तिक २२ गतेदेखि महोत्सव सुरु भएको हो। महोत्सवमा पण्डित दीनबन्धु पोखरेलले कथावाचन गरिरहेका छन् ।

महायज्ञ सुरु भएको चार दिनमा एक करोड बढी नगद तथा जिन्सी सङ्कलन भएको वैकुण्ठधाम आध्यात्मिक महोत्सव मूल आयोजक समितिका कोषाध्यक्ष कृष्णप्रसाद श्रेष्ठले जानकारी दिए । उनले दाताहरूले नगद, चेक तथा जिन्सी दान गरिरहेको बताए ।

सिधनियाघाटमा दाहसंस्कार गर्ने घाटसहितको संरचना निर्माण गर्ने उद्देश्यका साथ आध्यात्मिक महोत्सव आयोजना गरिएको हो । महोत्सव कात्तिक ३० गतेसम्म सञ्चालन हुने वैकुण्ठधाम आध्यात्मिक महोत्सव मूल आयोजक समितिका संयोजक डा सुरेशकुमार कनोडियाले जानकारी दिए ।

बाँके तथा यस क्षेत्र आसपासका नागरिकको निधनपछि दाहसंस्कार गर्ने स्थल डुडुवा गाउँपालिका–५ मा पर्ने राप्ती नदीस्थित सिधनियाघाटमा मलामी तथा किरियापुत्रीहरूले भोग्नुपरेको समस्या र दुःखलाई दृष्टिगत गर्दै परिकल्पना गरिएको सुविधायुक्त वैकुण्ठधाम योजनालाई सार्थक बनाउन महोत्सव आयोजना गरिएको उनले बताए ।

वैकुण्ठधामका लागि चार दिनमै एक करोड बढी सङ्कलन

साढे ७ करोडमा शुक्लाफाँटामा चक्रपथ निर्माण गरिँदै

वैकुण्ठधामका लागि चार दिनमै एक करोड बढी सङ्कलन

बजेट नहुँदा सिमकोट विमानस्थल विस्तार कार्य रोकियो

This will close in 0 seconds